रोईरहनु पर्छ आँखामा पानी बढाएकि छु।
मैले यसै गरी मेरो जिन्दगानी बढाएकि छु॥
म मुस्कुराउदा यो नसोच्नु कि खुशी हुदैछ,
आजभोली पिडा सहने बानी बढाएकि छु॥

आमा! धेरै लाग्यो भनेर ऋण चिन्ता नलिनु
खर फालेर हालौला टिन चिन्ता नलिनु
सीप सिक्छु काम गर्छु रगत पसिना बगाउछु
कसो नआउलार सुख का दिन चिन्ता नलिनु

नजिते मैले न हारे उनले
न दिय बाच्न न मारे उनले
साउने भेलझै मझधारमा छोडि
नफर्काय डुङ्गा नतारे उनले

बनाउनु त्यो दिललाई पत्थर रुदै नरुनु।
हुदैन हजुर बालुवाको घर रुदै नरुनु॥
मलम लगाउने बहानामा नुन छरिदिन्छन,
आफन्तको अगाडी सकभर रुदै नरुनु

#मम्ता पुरी#