काठमाडौं ।  तामाङ चलचित्रकी चर्चित नायिका तथा समाजसेवी  सुकुमाया मोक्तान वैवाहित बन्धनमा बाधिएकी छिन् ।

यहि माघ २४ गते नायिका मोक्तानको  तातोपानी निबासी  छिरिङ शेर्पाको साथ विवाह भएको हो। मोक्तान फिल्म प्रा लि की अध्यक्ष समेत रहेकी मोक्तान सामाजिक कार्यमा समेत सकृय छिन् ।

सुकुमाया फाउन्डेसन मार्फत उनले विभिन्न दिनदुखी,पिछडिएका समुदायहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको बुद्ध बचन अनुबाद समितिका अध्यक्ष टिका शेर्पाले बताए।