(राेएकी अामा )

मेरी अामा – मुस्कुराउँदै थिइन एक साँझ

भन्दै िथइन “किन दिएँ छाेरी जन्म तिमीलाई”?
अनि …खाेई! मेरा छाेरा हासेकाे?

अामा थुप्रै प्रश्न जन्माउँदै गइन् अाधा मुस्कान सँगै निरन्तर निरन्तर …
कर लाग्थ्याे मलाई-सुसार गर्न ती जन्माएका प्रश्ननहरुकाे ।

म पुगेँ अामा छेऊ
सिकाइदिएँ म हिड्ने गाेराेटाहरु
सिकाइदिएँ दाई हिड्ने गाेरेटाहरु
भाईका प्रतिबिम्बहरु ।

साेच्थेँ -बाँचुन हाम्रै अनुहार हेरेर हाम्री अामा ।
तर, त्यसाे मानिनन् अामाले
भूमिमा पछारिदै भनिन्,
जाऊ ढलेकाे देश उठाउँन ।

म दाेधारमा परेँ
ढलेकाे देश उठाउँ या त अामालाई !
मलाई देश र अामा एउटै लाग्छ
यता अामाकाे मुहार हेर्नु छ
उता ढलेकाे देश उठाउँनु छ ।

छाेराछाेरी कै लागि
सजाईएका घरहरु ढले – अामा सँगै
अामा हिड्ने बाटाहरु बिलाए
अामाले पुज्ने मन्दिरहरु रहेनन्
रहेनन् अामाले सजाएका रहरहरु
त्यसैले, जाऊ दाई तिमी देश उठाऊ- म अामालाई उठाउँछु ।

झिनाे अाशा थियाे म भित्र अामालाई उठाउँने
बचेकाे थियाे दाजुकाे साहस
बचाएकी थिएँ अामाकै काेखबाट भाईहरु
तयार थिएँ सुम्पन अाफ्ना हातहरु पनि ।

अफसाेच्!!!
दाई, अामाकाे मात्रै कुनै अङ्ग बचाउँन चाहन्छ भागमा पारेर
भाई पनि छान्दैछ उसैगरी ।
उल्टै – अामाकाे बेहाेस शरिर माथी युद्द चर्काईरहेकाे छ ,
बन्द गरेर अामाका रक्तसञ्चारहरु
भाग बण्डा गर्दैछ अामाकाे ढलेकाे शरिर सँगै देश बाध्य छन -याे सबै हेर्न मेरा अाँखाहरु ।

अब, मेरा अाँखाहरु पनि बिराेध गर्दैछन
बिन्ती छ दाई उठाऊ ढलेकाे देश उठाऊ
उठाऊ भाई ढलेकी अामा उठाऊ
नसिकाऊ तिम्रा सन्तानलाई याे तिम्राे सँस्कार
तिम्राे शरिर भित्र सलबलाई रहेकाे छ- अामाकाे रगत
त्यसैले ,बचाऊ केहि गरी अामालाई
अामा बाँचे सिङ्गाे देश बाँच्छ
र, मुस्काउँछन अामाका अाेठहरु !!!

सारादा धिताल