सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै सिमसारको महìव र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सन् १९९८ देखि प्रत्येक वर्ष नयाँ नारा कोर्ने गरिएको छ । राष्ट्रिय सिमसार नीति २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अग्रसरतामा नेपालमा सिमसार क्षेत्रको संरक्षणको प्रयास भइरहेको विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिएका छन् ।  रणनीतिअनुसार सरकारले सरोकारवाला संरक्षण समूहलाई सीधै बजेट दिएर संरक्षणका लागि प्रेरित गर्छ । सिमसारमा आउने परिवर्तन विश्वव्यापी जलवायु परिवर्तनको असरसँग जोडिएको उनले प्रस्ट्याएका छन् । महानिर्देशक भट्टराईले भने, “नेपाल पहाड र हिमाल धेरै भएको देश हो, माथिबाट पानी बगेपछि थेग्रिने क्रम बढी हुन्छ । यसले सिमसार क्षेत्र कमजोर बनाउँदै पानीको तह गहिराइमा पु¥याउँछ । सिमसार संरक्षण गर्दा प्रकृतिको विरुद्ध नगई अलिक फरक किसिमले व्यवस्थापन गर्न मात्र सकिने छ ।”

विश्वभर नै यो दिवसका अवसरमा विगतमा भए गरेका कार्यको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यको खाका प्रस्तुत गरी सिमसारको महìव, आवश्यकता र उपयोगिताबारे जनचेतना अभिवृद्धि गरिने निकुञ्जका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए । सोहीअनुसार नेपालमा पनि सिमसार क्षेत्रमा भए गरेका कार्यलाई जनसमक्ष पु¥याउन विश्व सिमसार दिवसमा देशैभर विविध कार्यक्रम गरिने उनले जानकारी दिएका छन् ।
गोरखापत्र दैनिकबाट