आफू बेला -बेला हाँसिरह्यो चेहेरा ,मन हँसाउन सकेन
म दुखेकोछु भन्न्ने कुरा मनले कहिल्यै उठाउन सकेन

बोक्सी मार्छु भुत हटाउछु भन्दै,ढ्याङग्रो ठोक्ने झाँक्रीले
मैले बोका चढाउदा पनि किन मेरो गरिबी हटाउन सकेन?

बिस्कुन सुकाईन्जेल चराहरुसँग आँगन रमाईलो गर्दथ्यो
धान मकै सकियो चराहरु आएनन् आँगन रमाउन सकेन

मलाई मर्नबाट बचाएथ्यो,जिबनको कला सिकाउछु भन्दै
मैले सोधे जिबनको परिभाषा के हो?उस्ले बुझाउन सकेन

गरिबको छोरोले कक्षामा,शिक्षकको पिटाई सहन सक्यो
तर कापी सकिएको कलम सकिएको कुरा बताउन सकेन

 

लेखिका – साबित्रा उमारा  सिन्धुली ,