हिजो देखेको सपना सबै भुल्नु भयो कमरेडले
बिना बगैंचा सानो गमलामा फुल्नु भयो कमरेडले
थियोे चाह अन्धकार मेटेर उज्यालो ल्याउने
पराइकै बिचारका लागि खुल्न्नु भयो कमरेडले

 

गाऊ छोडियो मनमा अनेक रहर बोकेर
प्रियतमको सम्झनाको लहर बोकेर
प्रियतमले आज गाउमा निकै चिसो बढ्यो भन्छन
म भेट्न जादैछु त्यो गाउँमा हातमा मफलर बोकेर