सम्झिरहेछु तिमीलाई
दुनियाको रंगहिन यो कुनामा बसेर ।

कुल्चिए पछि यो माटो
लेखुँला भनेकी थिए – केही कविताहरु
पठाउला भनेकी थिए – तिमीलाई कोशेली
अहाे ! वर्ष बितिगएछ,
मेरा शब्दहरु यहि सहरमै अलमलिएछन् ।

साँच्चै !
सृष्टिकै एक उपहार
यो जीवनकाे असाध्यै माया लाग्छ,
त्यसैले बाध्य छु म सपनाहरू देखिरहन ।

यहि जीवनलाई बिगार्ने
र सपार्ने जीवन देख्दा अचम्म लाग्छ
मान्छेकाे परिचय भूल्ने
मान्छे पनि मान्छेकै पछाडि लागेको देख्दा अचम्म लाग्छ ।

जन्मलाई पेवा
र मृत्युलाई दाईजाे सम्झनेकाे लाम देख्छु
दयाको भारीले थिँचिन्छु
आफै, आफै बाँचेको बिर्सिन्छु ।

धर्तीमा पाईला टेकेकाे समय देखि
जीवनमा पाएकाे र गुमाएकाे
हिसाब निकाल्ने फुर्सद छैन म सँग
‘जीवन’ बाँच्नुको सम्झौता गरेर
त्याे हिसाबकाे सुत्र प्रेमले सुम्पिएकी थिए
मेरो जीन्दगीको एकएक अध्यायको
अनुसन्धान उसैले नै गरोस् भनेर ।

मेराे लागी त्याे समय रापिलाे थियाे
जीन्दगी सुनाखरी जस्तै लाग्थ्याे
मन गुराँस जस्तै फूल्थ्याे
सगरमाथा चढे जस्तै लाग्थ्याे
याे सँसारकाे जम्मै खुसी अाफ्नै बरन्डामा परे जस्ताे लाग्थ्याे ।

सधै हाम्रो मुठ्ठिभित्र मात्रै रहिरहेन समय
बाधा र अबराेधले पूर्व र पश्चिम बनायो हामीलाई ।

यो दुनियाको अर्को कुनामा रहिरहँदा पनि
कहिलेकाँही सम्झना र खुसी उपहारमा पठाउन मन लाग्छ,
तर म पनि तिमी जस्तै दुखकाे सहरमा छु
जुन सुदुरको चश्माले हेर्दा रंगैरगंहरूको चित्र देखिन्छ

तर मेराे लागि रंगहिन छ यही संसार
कि सबै रंगहरूको नाम ‘तिमी’ मेरो आँखामा छैनौ ।

कवि  – सारदा धिताल