भोजपुर । अङ्ग्रेजी माध्यमको पठनपाठनप्रतिको बढ्दो आकर्षणले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने अभिभावकहरुको अभिरुची धेरै हुन्छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरले निरास बनेपछि गाउँबाट सदरमुकाम लगायत सहरबजारमा खोलिएका निजी विद्यालयप्रति अभिभावकको रुचि बढ्नु सामान्य हो ।

तर, भोजपुरको एक सामुदायिक विद्यालयमा भने ठिक विपरित भएको छ । सदरमुकाम नजिकै रहेको जनसेवा आधारभुत विद्यालयमा भने निजी विद्यालय छोडेर फर्कने विद्यार्थीको सङ्ख्या बढ्न थालेको छ ।

जनसेवा आधारभूत विद्यालयमा केहि वर्षयता विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्दै गएको छ । सामुदायिक भएपनि बोर्डिङ स्कुलसरह पठनपाठन र शैक्षिक गुणस्तर भएकाले विद्यार्थी र अभिभावकको अभिरुची बढ्न थालेको कक्षा आठमा अध्यनरत विद्यार्थी सौजन राईले बताए ।

अङ्गे्रजी माध्यमबाट पठनपाठन र बर्षेनी अब्बल नतिजा ल्याउने यो विद्यालयमा विद्यार्थीहरु निजी विद्यालय छोडेर आउन थालेका छन् । जिल्लाका धेरै सामुदायिक विद्यालयहरुको तुलनामा अङ्ग्रेजी विषयमा अब्बल र अङ्ग्रेजी पढने विद्यार्थीहरुको बढ्दो आकर्षणले अभिभावहरु समेत उत्साहित देखिएका छन् ।

चालु शैक्षिक सत्रमा ५२ भन्दा बढि नीजि विद्यालय छोडेर विद्यार्थीहरु भर्ना हुन आएको विद्यालयले जनसेवा आधाभूत विद्यालयका शिक्षिका मैयाकुमारी खत्री बताउँछिन् । शिक्षिका खत्रीले भनिन्, ‘हामी विद्यालयमा वालमैत्री शिक्षण गरिन्छ, विद्यार्थीको हाजिर गर्ने तरिका फरक–फरक राखेका छौं ।’

पढाइको गुणस्तर दिनानुदिन खस्किनु र विद्यार्थी सङ्ख्या घट्नाले धेरै सामुदायिक विद्यालयहरु मर्ज गरिएका छन् । केहि त खारेज नै भए । तर निजीमा आकर्षण बढेपनि आर्थिक स्थिति धान्न नसकेका अभिभावकका लागि ढुङ्गा खोज्दा देउतै भेटिए जस्तै भएको छ ।

‘सुरुमा आर्थिक अवस्थाले कमजोर विद्यार्थीहरु आउने गरेपनि पछिल्लो समय यस विद्यालयमा अरु वर्गका विद्यार्थीहरु पनि आउन थालेका शिक्षक होमबहादुर निरौला बताउँछन् । निरौलाले भने, ‘हप्तामा एक पटक अतिरिक्त क्रियाकलाप गछौं, दैनिक छलफल

रातोपाटी बाट