काठमाडौं । शेर्पा सञ्चार समुह नेपालले संचालन गरेको समाचार लेखन तालिम यहि  माघ १ गतेदेखि सुरु भएको छ ।  तालिमको उद्घाटन  संस्थाका निवर्तमान अध्यक्ष फुर्किमा शेर्पाले गरेकी थिइन । २५ जना भन्दा वढी विद्यार्थीहरुको सहभागिता रहेको  तालिमको प्रशिक्षक  पत्रकार पि टि लोप्चनले गर्ने  छन् ।

अनुभव प्राप्त प्रशिक्षकबाट तालिम दिइने भएको हुदा कार्यक्रम प्रभावकारी हुने  संस्थाका अध्यक्ष निमलेकी शेर्पाले जानकारी दिए ।
शेर्पा सञ्चार समुह नेपालले शेर्पा समुदायलाई लक्षित गरी संचालन गरेको सो तालिममा तीन जना तमाङ्ग समुदायका युवाहरुले समेत सहभागीता जनाएको तालिम संयोजक डोल्मा शेर्पाले बताइन्  । राजधानीको बौद्ध टुसालमा सुरु भएको तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिने छ । तालिम १० दिन सम्म सञ्चालन हुने छ ।

शेर्पा संञ्चार समूह नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोष, लगायत सञ्चार सँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ भने शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।