गजल

जो कोहि पनि समयसग रम्न अनि रमाउन सक्दैन
उस्ले आफू हाँस्न अनि अरुलाई हँसाउन सक्दैन

मेरो आँखाले घमण्ड अनुहारले स्वार्थ देखाउछ
किनकी मेरो मनले कुनै भावना लुकाउन सक्दैन

मलाई उसैले दोस्तिको असल उदाहरण दिएकोछ
जस्ले दोस्तिको सम्बन्ध दोस्ती निभाउन सक्दैन

म सानो हुदा बा नहुदा जिबनमा आएको अप्ठ्यारो
आमा म ठुली भए त्यो समय फर्केर आउन सक्दैन

पटक -पटक दुखहरु ल्याउन सक्ने यो समयले
किन मेरी आमाको ओठमा हाँसो ल्याउन सक्दैन?

साबित्रा उमारा
सु. गा .पा. सिन्धुली