मन्टेभिडियो : अस्ट्रेलियामा भइरहेको आगलागीबाट निस्किएको धुँवा दक्षिण अ‍मेरिकासम्म पुगेको छ। अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार अस्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ। ‘यही जनवरी ६ सोमबार दिउँसोदेखि उरुग्वेको आकाशमा धुँवाका भुल्का देखिन थालेका छन्’, उरुग्वेको मौसम विज्ञान विभागद्वारा जारी वक्तव्यमा उल्लेख छ।

ऋस्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशमा समेत असर पारेको छ। विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेजीले उरुग्वेका सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अस्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदूषित गराएको छ।

उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे। अस्ट्रेलियाको धुँवा प्रशान्त महासागर हुदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए।

गत सेप्टेम्बरदेखि शुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ। आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ। –रासस/सिन्ह्वा