काठमाडौं । मिल्कि वे स्कुलले आफ्नो स्थापनाको ५ औँ वर्ष पारेर आफ्नो छुट्टै मन्टेश्वरी भवनको उद्घाटन् गरेका छ्न। ” सार्थक जीवनका लागि शिक्षा” भन्ने मुल नाराकासाथ वि.स २०७२ सालदेखि कागेश्वरी मनहरा वडा ६ , ग्रिनहिल सिटीमा स्थापित यस स्कुलले बालमैत्री वातावरणमा स-साना बालबालिकाहरूलाइ शिक्षा प्रदान गर्दै आएका छन। स-साना बालबालिकाहरूको रुचि, क्षमता, सहजता र स्वतन्त्रतालाइ सम्मान पुग्ने गरी मिल्की वेले छुट्टै मन्टेश्वरी सञ्चालनमा ल्याएको हो। अब नया भवनमा साना बालबालिकालाइ उनीहरूका लागि छुट्टै खेल मैदान तथा क्यान्टिनको व्यवस्था गरिएको छ ।
यसरी सञ्चालन गर्दा ठुलो कक्षाका

छात्र छात्राबाट पर्न जाने नकारात्मक असरबाट उनीहरू मुक्त रहने कुरा  प्रिन्सिपल राजेश घिमिरेले बताए। मन्टेश्वरी सञ्चालनमा आएसँगै आजका दिनदेखि सरस्वती पूजाको दिनसम्म प्रि-कक्षामा नि:शुल्क भर्ना खुलेको जानकारी समेत प्रिन्सिपल घिमिरेले दिए ।