काठमाडौ । काठमाडौको कागेश्वरी मनहरा न पा -५ थलिस्थित मिनिल्याण्ड इङलिस हाइ स्कुलले आफ्ना बिध्यार्थिहरुको गायन क्षमतालाइ उजागर गर्ने उदेश्यका साथ मिनिल्याण्ड सिङ्गिङ आइडल प्रतियोगिता  सप्पन्न गरेको छ।प्रतियोगितामा पुजा तामाङले  मिनिल्याण्ड सिङ्गिङ आइडलको उपाधी हासिल गरिन । प्रत्येक बर्ष सन्चालन हुने यो प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका २१ जना बिध्यार्थिहरुले आफ्नो कला प्रस्तुत गरेका थिए।अटल राई र सुमन कुइकेल निर्णायक रहेको प्रतियोगिताको सभापतित्वमा जयराम वाग्ले  रहेका थिए ।