गजल

बर्षै देखिको सबै दुख पिडा सिएर जाने छु
अन्तिममा एक घुड्को पानी पिएर जाने छु

जन्मिदा एउटा सास मात्र लिई अाएको म
सम्झना स्वरुप अाफ्नो नाम दिएर जाने छु

सुखैसुखमा रमाउन नसके पनि जीवनमा
दुःख गरेर भएपनि जिन्दगी जिएर जाने छु

यो जिन्दगीमा केही गर्न नसकेता पनि मैले
जीवन सगै मृत्युको अनुभव लिएर जाने छु

जलाउनको लागि मलामीको अपुग होला
गाडी दिनु जमिनमा शरीर खिएर जाने छु

बिन्दा अधिकारी