सेवक बनेकाहरु ,
तिमीहरुको ब्यबहारले जनताको खुसी टाढा हुन्छ ,
हरियाली फांटहरु मरुभूमीमा परिनत भएको देख्छु ,
मपाईंमा रमाएको भ्रष्टाचारीहरुलाई देख्छु ,
……त्यसैले मेरो मन दुख्छ ।

गरीवहरु रोएको ,दलितहरु चिच्याएको देखेर ,
चिच्चाहटमा भोको पेटलाई जब देख्छु ,
मानवहरुको मानवता हराएको जब महशुस गर्छु,
……त्यसैले मेरो मन दुख्छ ।

तिमीलाई थाहा छ मेरो मन किन दु:ख्छ ?
सदियौं देखीको स्वाभिमान मासिदै गएको देख्छु ,
सुन्दरीजलका झरनाहरु फोहरमा परिनत भएको देख्छु ,
सगरमाथाको हिंऊ दुर्गन्धित भएको देख्छु ,
पशुपतिको आर्दनाद संगै हराएको देख्छु ,
……त्यसैले मेरो मन दु:ख्छ ।

छोराहरु पढेर अमिरका , क्यानाडामै बसे ,
महल ठडाउने होडमा आमाबुवालाई नै बिर्से ,
बुवा आमाको पीडा देखेर जब मन रुन्छ ,
मनले भन्छ धिकार छ त्यो सुनको महललाई ,
…..त्यसैले मेरो मन दु:ख्छ ।

मानवहरुमा बर्ग बिभाजित भएको हेर्छु ,
मानव मानवमा जात बिभाजन भएको देख्छु ,
सत्यताको जगमा जब धर्मले मानिसलाई सताएको देख्छु ,
……..त्यसैले मेरो मन दु:ख्छ ।

ब्राह्मण, क्षेत्री , वैश्य र शुद्र जब म आफु भित्रै खोज्छु ,
तब म आफुलाई एउटा मानव मात्रै पाऊंछु ,
चन्द्र ,सुर्य र हावामा जब म जात खोज्छु सबै समान पाऊंछु ,
जब एउटा बर्ग तिर्खाएर पानी खोज्छ तब त्यहां धेरै जातहरु देख्छु,
…..त्यसैले मेरो मन दु:ख्छ ।

जन्मिदा सब मानव भएर जन्मिन्छन् अबोध रहदा सम्म ,
फेरी किन्न ? पढे लेखेर बिद्धान हुदां बुझ पच्चाऊछन् ,
मानिसको जात मानिसै हो भनेर सबैले बुझेका छन् यहां ,
फेरी किन ? बुझ पच्चाएर हांसोमा उडाऊछन् सत्यलाई यहां,
…….त्यसैले मेरो मन दु:ख्छ ।

राम्रोलाई टिक्न दिदैनन् बलियो भ्रष्टाचारी हुन्छन् जहां ,
युवाहरु बिदेश पठाएर खेतीलाई मरुभूमी बनाऊछ यहां,
बर्ग बिभाजन गरेर रजाई गर्छन् पहिचानको लडाईमा जहां ,
सुख सम्रिधी कसरी आऊंछ जनतामा ?रोदन छ सर्बत्र यहां ,
…….त्यसैले मेरो मन दु:ख्छ ।

 

भोलाप्रसाद लोहनी ” पाञ्चाल “