म भित्रको ज्वालामुखी साम्य भएको बेला बार बार जिस्क्याउदै नआउ
शान्त छु सहनशील छु यसको फाईदा उठाउदै बार बार गिज्ज्याउदै नआउ
बाहिरी रुपमा कमजोर देखिन्छु यस्ता झिना मसिना भन्दै हेप्दै नआउ
तिम्रो हेपाइले सिमा पार गर्नै लागेको छ
नेपाल आमाको पेटमा जुर्मुराउदै उठेका गोर्खालीको गर्जनले नै थर्किएर थचक्क हुनेछौ तिमी
तिमिले प्रहार गरेका छुराहरु आफैमा बर्सिदा चसक्क हुनेछौ तिमी
सिमा मिचेर विश्वसामु गजक्क गज्किएको तिमी नेपालीको बहादुरीका अगाडी खसक्क खस्किने छौ
सहनशीलताको आक्रोश तिमिले देख्नै बाकी छ
भूगर्वको रन्को त देखेकै हौला अब वीर हरुको उम्लिएको रगत देख्न बाकी छ
तिमिले नाकाबन्दी लगाउदा अलिअली सास्ती होला तर भोकै मर्ने छैनौ हामी
रास्ट्र र रास्टृयता जोगाउदा ज्यान जाला तर पछि हट्ने छैनौ हामी
कोशी उर्लेर आउला र बगाई बङ्गालको खाडीमा पुर्याउला
मेची र काली हाहा गर्दै आउला तिम्रो घमण्डलाई चुर चुर पारेर हुर्याउला
बेलैमा होस गर अर्काको देशमाथी लाउने आँखा बन्द गर
पछुताउनु पर्ला पछि समय हुँदै राम्रो सोच गर।

पुजा दाहाल