काठमाडौं। महानगरपालिकाले स्थलगत अवलोकनपछि खुलामञ्च खाली गराउन पहल थालेको छ । महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अनुगमन क्रममा प्राप्त तथ्य उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृतमार्फत खाली गराउन पत्राचार गरेकी हुन् ।

पत्राचारमा अनुगमन क्रममा देखिएका सात तथ्य उल्लेख गर्दै खुलामञ्च खाली गर्न सकिने विभिन्न विषय समावेश छन् ।

उपप्रमुख खड्गीले पत्रमा महानगर प्रमुखमार्फत निर्देशन दिन आग्रहसमेत गरेकी छन् । अनुगमन क्रममा उनले अव्यवस्थित सवारी पार्किङ तथा निर्माण सामग्री थुपारिँदा अतिक्रमण बढेको पाइएको भन्दै यसलाई हटाइने बताएकी थिइन् ।अनधिकृत पार्किङ, बसपार्क, अव्यवस्थित रूपमा पसल सञ्चालनलगायतका गतिविधि बढ्दै गएपछि टुँडिखेल  अतिक्रमणमा पर्दै आएको छ ।राजधानी दैनिक बाट