एडु एडभेन्चर्सले नेपालमा प्लगिङ्ग (PLOGGING) अभियानको शुरुवात गरेको छ। जगिङ्ग गर्दै जमिनमा भेटिएका फोहर संकलन गर्ने यो अभियान सर्बप्रथम स्वीडेनबाट सन् २०१६ मा प्लास्टिक प्रदुषण रोक्ने उद्देष्यले शुरु भएको मानिन्छ।
गोकर्ण जग्डोल डाँडाबाट शुरु गरेर शिवपुरी हाईकिङ् गर्दै टोलीले पदमार्गमा भेटिएका फोहोर संकलन गरेको हो। हाईकिङ् गर्दा जति आनन्द आउँछ त्यससँगै बाटामा भेटिएका फोहोर बिशेष गरी प्लाष्टिकजन्य बस्तुहरु संकलन गर्दै निश्चित ठाउँमा फाल्ने हो भने वातावरण सफा हुने र सुन्दरता बढ्ने एडु एडभेन्चर्सका निर्देशक फुर्बा तेन्जी शेर्पाले बताए।


खासगरी स्कुल र कलेजका बिध्यार्थीहरुमा नयाँ काम गर्ने र जान्ने उत्सुकता बढी हुने भएकोले आफ्नो संस्थाले कलेजका बिध्यार्थीलाई यो कामको लागी छानेको उनले बताए। यस्ता कामले समाज र राष्ट्रप्रति युवामा जिम्मेवारीको भावना जगाउने बताउँदै यो प्रथम पटकको अभियानबाट आफू निकै उत्साहित बनेको उनले सुनाए।

शिक्षा केवल कक्षाकोठा भित्र मात्रै सिमित नहुने भएकोले बिभिन्न अतिरिक्त क्रीयाकलाप जस्तै साहासिक खेल, शैक्षक भ्रमण, क्याम्पिङ हाईकिङ् मार्फत पनि बिधार्थीहरुले धेरै कुरा सिक्न सक्ने जुन वास्ताव जिवन उपायोगी हुने भएकोले एडु एडभेन्चर्सले यस्तै युवाबिध्यार्थी मैत्री कार्यक्रमहरु आयोजन गर्ने सोच बनाएको छ”, उनले भने, “बिध्यार्थीहरुलाई सँधै पाठ घोकाएर मात्र नहुने रहेछ।”

केहि महिना अघि चीनका राष्ट्रपती सि चिन फिङको भारत भ्रमणको क्रममा भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले चेन्नैको ममल्लापुरममा बिहान समुद्री किनारमा घुम्न निस्कँदा सँगसँगै फोहोर संकलन गरेको देखेपछि आफू निकै प्रभाबित भएको र नेपालमा पनि यो प्लगिङ्ग अभियानमा लाग्न आफू प्रेरित भएको उनको कथन छ।