काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् ।

यसअघि नेपालकी कुसुम खड्काले बंगलादेशकी फमिदा अख्तेरलाई ८-० अङ्कले नक आउट गर्दै स्वर्ण जितेकी थिइन् ।

यस्तै श्रीलंकाले पाकिस्तानकि खेलाडी गुल सबिरोलाई ३-१ अङ्कले पराजित गरेकी थिईन । कराँतेमा सोमबार ९ वटा स्वर्ण पदकका लागि भएको खेलमा नेपालले ७ वटा स्वर्ण र दुईवटा रजत जितेको छ । कातामा ३ र कुमुतेमा ४ वटा जितेको छ ।