काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् । भडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

भडेलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार डीपी ढकालले ११ हजार २ सय ०६ मत पाएका छन् भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । औपचारिक घाेषणा हुन भने बाँकी छ ।

२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी भएका थिए । लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।