बर्दिया । बर्दियामा झारफुकको नाममा जबरजस्ती करणी गर्न खेज्ने एक झाँक्री पक्राउ परेका छन् । गुलरिया नगरपालिका-८ आशापुर बस्ने ५१ वर्षीय जगतनाथ लोधलाई जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार झारफुक गर्ने बाहानामा गाउँकै बुढिया खोलामा लगेर जबरजस्ती करणी गर्न खोजेको पीडित महिलाले बताएकी छन् । पीडित महिलालाई तिम्रो श्रीमान यता आउन मिल्दैन भन्दै लाेधले करिब आधा किलोमिटर पर राख्न लगाएका थिए । पीडित महिलाले सुरुमा झारफुक गरे जस्तो गरे पनि पछि जबरजस्ती करणी गर्न खोजेको प्रहरीलाई बताएकी छन् । पीडित महिलाले त्यहाँबाट भागेर श्रीमानसँगै प्रहरीलाई खबर गरेकी थिइन ।

प्रहरीले जबरजस्ती करणी गर्न खोज्ने झाँक्रीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार पीडितको बयान र जाहेरीका आधारमा लाेधलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ । नयाँ पत्रीका बाट