उनले ५९।५६ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान पनि बनाएकी थिइन्। त्यसैले उनी आइतबारबाट नेपालमा सुरुहुने १३औं दक्षिण एसियाली खेलकुल सागमा पनि तुलसालाई स्वर्ण पदकको प्रबल दाबेदारको रुपमा हेरिएको थियो। तर बिडम्बना तुलसा खत्री क्षेत्री रोजगारीका लागि विदेश पलायन भएकी छिन्।

साग मुखैमा आइरहेको समयमा बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारका लागि कतार गएकी हुन। ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फको खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी तुलसा खत्रीले सागलाई वेवास्ता गर्दै वैदेशिक रोजगारका लागि कतार गएकी हुन।नागरिक दैनिकमा खबर छापिएको  छ।