एकजना युवतीको सपना छ असल संचारकर्मी बन्ने । काठमाडौं शहरको ब्यस्तताको बिच उनको रहरले पखेटा हाल्दैछ । ती युवतीको नाम प्रसम्शा घिमिरे हो । उमेर हिसाब गर्दा यी युवती टिनेजमै छिन । तर सपनाहरू झन सान्दार हुँदैछ्न । उनको सपना अब साकार वन्दैछ ।
नुवाकोटको कुमरी उनको स्थायी मुकाम ।कुमरी गाउँमा उनको रहरलाग्दो बाल्यकाल बित्यो । स्कुलका रमाइला दिनहरु बिते । मेलापातका सुन्दर दिनहरु बिते । घाँस दाउरा गरेका दिनहरु बिते । जात्रामात्राका दिनहरू बिते । उनलाई यी दिनहरुको खुब याद आउँछ । बाको साथ आमाको माया साथीहरूसग रमाइला पलले उनलाई झस्काइरहन्छ ।
उनको बुवा स्थानीय राजनीतिमा राम्रै नाम कमाएका ब्यक्ति । लामो समय राजनीति गरेका । उनलाइ पनि राजनीति गर्न मन छ । देशको मुहार फेर्न मन छ ।समाजका तमाम बिकृतिका बिषयमा खरो रूपमा उतर्न मन छ । भबिस्यको जटिल यात्रामा उनी बुलन्द सङघर्स गर्न पनि तयार छिन ।
काठमाडौंसग सपनाहरूको बिक्री गर्ने अनेकौं उपाय छ्न । उनी आफ्नु सपनालाई साकार बनाउने अभियानमा छिन । बदलिँदो सूचना प्रबिधिको युगमा प्रसन्शा पनि आफनु सपना डिजिटल बनाउदै छिन । उनलाइ साथ सहयोग गर्नेहरू पनि धेरै छ्न । यसबाट उनी धेरै खुसी छिन ।म जटिल यात्रा मन पराउछु । यात्रा फराकिलो सडकको मात्र हुन्न । कन्दरा र साघुरो बाटोको पनि हुन्छ ।साघुरो बाटो हिडनु पो यात्रा ।उनले भनिन म त पहाडको बाटो हिडन रुचाउछु ।