काठमाडौं ।भानु साहित्यिक मासिकको वार्षिकोत्सब  तथा भवानी घिमिरेकाे सम्झनामा  भानु भवानी साहित्यिक पत्रकारिता पुरस्कार वनारस निवासी “उदय” नेपाली साहित्यिक पत्रिकाका सम्पादक श्री दुर्गाप्रसाद श्रेष्ठ लाई रु. १०००१/- सहित सम्म्मान गरिएको छ।

त्यस्तै भानु- कस्तुरा सङ्घर्षशील नारी सम्मान माननीय साम्सद माया ज्ञवालीलाई रु. ५०००१/- नगद सहित सम्मान गरिएको  छ भने भानु उत्कृष्ट रचना पुरस्कार साहित्यकार हरिहर खनाललाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा राजेन्द्र सुवेदी ,त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गा प्र उप्रेती , राेचक घिमिरे, नगेन्द्रराज शर्मा , डा जीवेन्द्रदेव गिरी,मातृका पाेख्रेल, धर्मशीला चापागाईं, रामवावु सुवेदी दिनेशराज पन्त , रामप्रसाद ज्ञवाली , गाेविन्द घिमिरे वेदमणि ,गङ्गा पाैडेल,अच्युत घिमिरे लगायत साहित्यकारहरुकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रमकाे सभापति भानु मासिकका सम्पादक रमेश शुभेच्छुले गरेका थिए भने उक्त

कार्यक्रम भानुका सह सम्पादक बालमुकुन्द कार्कीले धन्यवाद सहित  समापन गरेका थिए।