– मेखराज परियार
गोरखाली राजा पृथ्वीनारायण शाहले वि.सं.१७६६ मा किर्तिपुर,१७६८ मा कान्तिपुर र भक्तपुर तथा १७६९ मा ललितपुर गरी काठमाडौं उपत्यकामाथि पूर्ण विजय हात पारे ।त्यस पश्चात गोरखा राज्यको मुख्यालय(राजधानी) काठमाडौंमा स¥यो ।त्यतिले मात्रै नपुगेर पूर्वमा सिक्किम १७८८ र दार्जीलिङ १७९०मा विजय हात पार्न उनी सफल भए ।त्यस्तै पश्चिमतर्फ कुमाउँ १७९० र गढवाल १८०४ मा नेपाल राज्यमा जोड्न सफल भएका थिए ।तथापि नेपाल र तत्कालीन इस्ट इन्डीया कम्पनीबीच सन् १८१६ मार्च ४मा सुगौली सन्धि भयो । दुर्भाग्यवस सो सन्धि बमोजिम नेपालले आफ्नो एक तिहाई भूमि गुमाउनु प¥यो ।सन्धि पछि नेपालको नक्सा र साँध–सीमा सबैलाई ज्ञात छँदैछ ।

त्यस समयमा शासन र सत्ताको प्रमुख जिम्मेवारी राजामै हुने भए तापनि मुलकाजी, काजी र मुख्तियारहरुद्धारा मुख्य प्रशासकको कार्य सम्पादन गरिन्थ्यो ।सन् १७९९ देखि नेपालमा ‘प्रधानमन्त्री’को पद शुरुआत भएको मानिन्छ ।माथवरसिंह थापा(जो आफ्नै भान्जा जंगबहादुरको हातबाट पछि मारिए) पहिलो पटक प्रधानमन्त्रीको श्रीपेच लगाउने व्यक्ति हुन् ।तथापि वि.सं.१८५९मा दामोदर पाण्डे मुलकाजी नियुक्त भएका र राजा रणबहादुर शाहको अनुपस्थितिमा एकलौटी रुपमा सशक्त शासन चलाएका थिए ।पछि १९०३ असोज २ देखि जंगबहादुर कुँवर(राणा)देशको प्रधानमन्त्री नियुक्त भए ।त्यसपछि उनले आफू र आफ्ना खलकलाई श्री ३ घोषणा मात्रै गरेनन्, जहानिया राणाशासनको शुरुआत नै गरे ।निरंकुश राणाशासन नेपालमा १०४वर्ष टिक्यो ।स्मरण रहोस्,गोरखा राज्यको विस्तारसँगै ठकुरी शाह राजाहरु(क्षत्री) र राणाशासन रहुन्जेलसम्म प्रत्यक्षतः क्षत्रीको मात्रै शासन,सत्ता र राज्य चल्यो ।

२००८,मंसिर १ मा मातृका प्रसाद कोइराला नेपाली कांग्रेसको तर्फबाट मुलुकको प्रधानमन्त्री नियुक्त भए, जो ईतिहासकै पहिलो बाहुन प्रधानमन्त्री समेत हुन् । क्षत्रीको शासन र सत्तामा पनि बाहुनको परोक्षतः एकलौटी अधिकार चल्थ्यो ।राज पुरोहित र बडागुरुज्यूहरुको निर्देशन बिना कुनै पनि राजा,प्रधानमन्त्री,मुलकाजी, काजी या मुख्तियारहरु अघि बढ्दैनथे ।राजाको राज्याभीषेक गर्दा होस् या अन्य राज्यहरुमाथि आक्रमण गर्दा,युद्धमा र त्यतिमात्रै होइन,राजाको शयनाशन,सवारी, कतातिर टाउको र कतातर्फ खुट्टा फर्काएर सुत्ने हो,त्यो समेत पंण्डित,पुरोहित र ब्राह्मणको निर्देशन बमोजिम मात्रै हुने गर्दथ्यो ।यसरी यो मुलुक बाहुन र क्षत्रीको शासन–प्रशासन,सत्ता,निर्देशन, तजबिजी,धुत्र्याई र स्वार्थमा चल्दै र चलाइदै आएको स्पष्ट छ ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सरकारलाई अपदस्त गरी निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा गरे । अर्थात् त्यो राजाको प्रत्यक्ष शासन व्यवस्था थियो ।सर्वविदितै छ,पञ्चायत कालभरी राजाले क्षत्रीलाई नै प्रधानमन्त्री नियुक्त गर्दै रहे ।२०४३ सालमा मरिचमान सिंह श्रेष्ठ(जनजाति, नेवार) प्रधानमन्त्री नियुक्त गरिएको बाहेक धेरै क्षत्री र थोरै बाहुनले मात्रै राजाको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे ।ज्ञात रहोस्,आजको मितिसम्म पनि बाहुन र क्षत्री बाहेक अन्य जाति र समुदायले नेपाल राष्ट्रको प्रधानमन्त्री बन्ने सुअवसर प्राप्त गर्न नसकेको कुरा दिउसोको घाम झै छर्लङ्ग छ ।

कसको राष्ट्र, कसको राज्य ?
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति(संस्था) ‘हिन्दू राष्ट्रपति’ होइन । राष्ट्रपति (व्यक्ति) कुनै धर्मप्रति आस्थावान् हुनुलाई हाम्रो संविधानले निषेध गर्दैन । राष्ट्रपति(संंस्था) सबै धर्म,जात–जाति,वर्ग,लिङ्ग,क्षेत्र र समुदायको साझा उपलब्धी र सम्पत्ति हो । गणतन्त्रको प्रमुख प्रतीक यही संस्था हो ।त्यस्तै प्रधानमन्त्री हाम्रो संविधान बमोजिम क्रियाशील हुनु पर्दछ ।यो मुलुक धर्म निरपेक्ष राष्ट्र भएकाले राष्ट्रपति र प्रधानमन्त्रीले हिन्दू धर्मका चाड–पर्वलाई मात्रै विशेष महत्त्व दिन मिल्दैन ।हिन्दू मात्रको पर्व दसैँमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप र हिन्दू सम्राटको जस्तो व्यवहारलाई स्वाभाविक मान्न सकिन्न ।

यो मुलुक निर्माणको बीर गाथा केवल क्षत्री–बाहुनको मात्रै छैन ।पृथ्वी नारायण शाहको राष्ट्रिय एकता अभियानलाई आर्थिक सल्लाह र मो.रु.१ सहयोग गरेका थिए–विसे नगर्चीले ।जो दलित समुदायका व्यक्ति भएको कारण राज्यले उनको योगदानको कहिल्यै कदर गरेन ।उनको योगदानको मात्रै होइन,रु.१ को समेत अझै ऋणि छ,राज्य ।त्यस्तै १८६६ साल ताका अंग्रेज फौज नेपाल आक्रमण गर्ने योजनामा थियो ।तत्कालीन ब्रिटिस भारतको बेतिया भन्ने स्थानमा भेटिएका बाङ्गे सार्कीलाई ब्रिटिस सेनाले नेपाल जाने बाटो बताइदिन भने,तर देशभक्त सार्कीले बाटो नदेखाइदिएका कारण उनको ब्रिटिसद्धारा त्यहीँ हत्या गरियो ।गरिब बाङ्गे सार्कीलाई आर्थिक प्रलोभनको सट्टा राष्ट्रका निम्ति मृत्यु वरण स्वीकार्य भयो ।त्यति मात्रै होइन,सन् १९१४मा नालापानी किल्लामा ब्रिटिस सेनाले नेपाली सेनाको क्याम्पमाथि नाकाबन्दी गरे ।र नेपाली सेनाले पानी समेत पिउन नपाएको जटिल परिस्थितिमा सोना पातर नामकी वादी महिलाले नृत्य गरी ब्रिटिस सेनालाई भुलाएको र नेपालीले पानी पिउन सम्भव भएको थियो ।ब्रिटिस सेनाले यो कुरा थाहा पाए पछि उनको त्यहीँ हत्या गरिदिए ।यी लगायत दलित,उत्पीडित समुदायको आधुनिक राष्ट्र निर्माणमा बलिदानी,समर्पण र महत्त्वपूर्ण योगदान रहि आएको छ ।

सोना पातरकै जस्तो भूमिका थियो,–शास्त्रकी कथित देवी दुर्गाको पनि ।शास्त्र अनुसार दुर्गा एक सुन्दरी वेश्या(यौनकर्मी)थिइन् ।महिषासुर हाल भारत बंगालको सावाताल या सन्थालका एक बलशाली असुर(अनार्य)मुलवासी राजा थिए ।सुर(आर्य)हरुले उनलाई हराउन र उनको राज्यमाथि विजय हासिल गर्न धेरै कोसिस गरे तथापि नसकेर सधैँ हार नै वेहोर्नु प¥यो ।कसै गरी विजय प्राप्त गर्न नसकेपछि ब्राह्मणहरुद्धारा वेश्या दुर्गालाई राजा महिषासुर कहाँ पठाई सुरा(तरुनी)को भोग गराई उनी(राजा)को षडयन्त्र गरी हत्या गराए ।नवौ रात अर्थात कालरात्रीको राती दुर्गाको पनि मृत्यु हुन्छ ।हत्यापछि महिषासुरलाई राक्षस र आर्यहरुलाई देउता कहलाइयो,जो झुटको पराकाष्ठा हो । महिषासुर मुलवासी राजा थिए,नकि डरलाग्दा राक्षस ।दुर्गा एक वेश्या र सामान्य महिला थिइन्,नकि १६ हात भएकी देवी ।यसको प्रमाणको रुपमा बंगालमा अझै पनि दुर्गाको मूर्ति निर्माण गर्दा कुनै वेश्याको घरबाट माटो अनिवार्य ल्याउनै पर्ने परम्परा जीवितै छ ।त्यति मात्रै होइन,भारतीय जनता पार्टीकी केन्द्रीय मन्त्री स्मृति रानीले भारतको संसद्मै दुर्गा देवी नभई एक सुन्दरी वेश्या भएको कुरा भरखरै बताएकी छन् ।त्यसैले दसैँबारे बोल्दा र बुझ्दा बिजया दशमी,असत्यमाथि सत्यको जीत,नवदुर्गाको पूजा,रातो टीकाको अर्थ बुझ्न जरुरी छ ।अनार्यमाथि आर्यको बिजय,आर्यवंश सधैं सत्य अनार्य सधैं असत्य !अनार्यको रगतको प्रतीक रातो अक्षता(टीका) लगाउने मान्यता बोकेको दसैँ कसरी सबै नेपालीको हुन सक्छ ?दसैँ केवल बाहुन–क्षत्री याने हिन्दूको मात्रै पर्व हो ।अब इतिहासको उल्टो होइन सुल्टो पाना पढ्न र सुल्टै बुझ्न जरुरी छ ।

नेपालमा गोरखाली शाह ठकुरी वंशको शासन सुरु भए सँगै अनार्य,अहिन्दू र अन्य समुदायलाई जबर्जस्ती हिन्दूकरण गरी दसैँ,तिहार र छठ जस्ता हिन्दू मात्रका पर्व,धर्म र मान्यता बलात् मान्न बाध्य बनाइयो ।वास्तवमा आर्य–खस र हिन्दू अल्पमत र अल्पसँख्यक समुदाय र धर्म हो ।करिव ३० प्रतिशतको हाराहारीमा रहेका बाहुन– क्षत्री समुदाय ठूलो मात्रामा ईसाई धर्ममा प्रवेश गरेका छन् ।त्यसैले नेपालमा अब अनुमानित २०–२५ प्रतिशत मात्रै हिन्दू धार्मिक समुदाय बाँकी रहे ।आदिवासी जनजाति,दलित र अन्य उत्पीडित समुदाय हिन्दू नै होइनन् ।त्यसैले बहुमत धर्म,समुदाय,क्षेत्र र वर्गमाथि अल्पमतको एकलौटी शासन,सत्ता र राज्य अब कहिलेसम्म भ्रममा राखेर टिकाइ राख्ने हो ?लोकतन्त्रमा अल्पमतको होइन,बहुमतको शासन चल्दछ ।

राज्यमाथि गौरव कसरी ?
लोकतन्त्रमा कुनै पनि चीज,व्यवस्था,शासन,सत्ता र राज्यमाथि जनताले प्रश्न गर्ने हक–अधिकार रहन्छ ।नेपाल राष्ट्र हामी सबैको गौरव,शान,अस्तित्व हो र प्यारो छ ।देशका भौगोलिक विविधता हिमाल,पहाड र तराई–मधेस साथै जात–जाति,धर्म,भाषा–भेष,संस्कृति,विविधता,पृथकता र अनेकता हाम्रा अमूल्य सम्पत्ति हुन् ।राष्ट्रिय अखण्डता,सार्वभौमसत्ता,स्वतन्त्रता र स्वाधिनताप्रति अटल र अटुट जनविश्वास छ । तथापि राज्यप्रति गौरव,सम्मान,विश्वास र आस्था खोइ कसरी गर्न सकिन्छ ?

नेपालको झण्डामा राखिएको चन्द्र र सूर्यको वास्तविक अर्थ के हो ?किन राखियो होला हाम्रो झण्डामा माथि चन्द्रमा र तल सूर्य ?यसको जवाफ जनतालाई दिनु पर्दैन ?चन्द्रको अर्थ हो–ब्राह्मणको प्रतीक ।बाहुनहरु आफूलाई चन्द्रवंशी बताउने गर्दछन् ।त्यस्तै सूर्यको अर्थ हो क्षत्री वंश ।क्षत्रीहरु आफूलाई सूर्यवंशी भएको बताउछन् ।यसरी राष्ट्रिय झण्डामा नै बाहुन वंशमाथि र तल क्षत्री वंशको प्रतीक मात्रै राखिएको छ ।फेरी यो राज्यप्रति आम जनताको के को गौरव ?आम जनताको सम्मान र प्रतीक रहने गरी राष्ट्रिय झण्डा परिवर्तन गर्नुको सट्टा उल्टै अपव्याख्या मात्रै गर्ने कार्य भइरहेको छ ।यस्तो भ्रामक काम कार्यवाही तत्काल रोकी,सबैको आस्था,विश्वास र प्रतीक रहने खालको राष्ट्रिय झण्डा निर्माण गर्न ढिलाइ गर्नुपर्ने र जालझेल गर्नुपर्ने कुनै कारण छैन ।बरु विलम्ब र बहाना नगरी यतातर्फ ध्यान दिँदा मात्रै राष्ट्रिय हित हुने देखिन्छ ।
नेपाल राष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र,धर्म निरपेक्षता,समानता र समावेशीता सहितका उपलब्धी प्राप्त गरी समृद्धि सपना पूरा गर्ने उद्धेश्यका साथ अघि बढ्दै छ ।यस लेखका लेखकले केही दिन अघि सार्वजनिक यातायातमा यात्रा गर्दा अन्य यात्रुहरुबीच भएको एक वार्तालापको सानो अंश यहाँ प्रस्तुत छ ।

यात्रुहरु,–नेपाल पनि स्वीटजरल्याण्ड जस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो ।यहाँ आफ्नै सम्भावना छन्,त्यहाँ जस्तै । त्यसैले होला नेताहरुले यो देशलाई स्वीटजरल्याण्ड बनाउने मीठा सपना पनि देखाए । तथापि नेपाल त्यस्तो विकसित हुने दिशामा अघि बढ्नै सकेन ।ती यात्रुहरुको गुनासो,दुखेसो सुनिसकेपछि मैले भने–एउटै कुराको फरक छ,स्वीटजारल्याण्ड र नेपालबीच ।उनीहरुले सोधे–‘के फरक छ ?’अनि मैले भने–‘यहाँ बाहुनवादी सत्ता छ,तर त्यहाँ छैन ।यही फरक हो ।’उनीहरुसँग जवाफ थिएन , चुपचाप र प्रतिक्रिया बिहीन नै रहे ।

केही दिन अघि मात्रै हाम्रो उत्तरी छिमेकी चीनका राष्ट्रपति महामहिम सी चिनफिङले नेपालको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् ।२३ वर्षपछिको चीनिया सरकार प्रमुखको यो भ्रमण आफैमा महत्त्पूर्ण थियो ।भ्रमण के कति उपलब्धीमूलक भयो÷भएन त्यो अलग पाटो हो ।स्मरण रहोस् ,सन् १८५६ मार्च २४ अर्थात वि.सं.१९१२ चैत ३मा नेपाल र तत्कालीन तिब्बत सरकारबीच चर्चित थापाथली सन्धि भएको थियो ।सन्धिको बुँदा नं.१ मा लेखिएको छ–तिब्बत सरकारले नेपाल सरकारलाई वर्षेनी रु.१०,०००(दश हजार) नेपाली रुपिया बुझाउनु पर्नेछ ।१९१२ देखि नै नेपाललाई रकम बुझाउदै आइरहेको तिब्बत २००६ साल पछि जनवादी गणतन्त्र चीनको अभिन्न अंग बन्न पुग्यो ।त्यसपछि पनि चीन सरकारले सम्झौता बमोजिम नै बाँकी समय २०१२ सम्म नेपाललाई रु.१०,००० का दरले रकम बुझायो । विगतको नेपाल अहिलेको जस्तो कमजोर नरहेको एउटा प्रमाण भने हो यो ।

ढुंङ्गा,माटो,पहाड,हिमाल,मधेस,जल,जंगल,जनावर,पशुपंक्षी र आकास आदि मात्रै हुँदैमा देश बन्दैन ।देश बन्न जनता अनिवार्य चाहिन्छ ।जात,जन्म,नश्ल,कुल,क्षेत्र,धर्म आदिको आधारमा आफूलाई उच्च मानव ठान्ने ‘वर्णवाद’ विश्वबाट लोप हुँदैछ ।हामी भने कम्युनिस्ट या कांग्रेस पार्टी र अनेक वादीको नाउँमा उही जातिवादी सत्तामै रमाइरहेका छौँ । क्षमता,योग्यता,शिक्षा,वौद्धिकता हेरिदैन,बरु त्यो व्यक्ति कुन जात,धर्म,क्षेत्र र समुदायको हो ?फरक त्यो सवालले पार्दछ ।यस्तो अवस्थामा राष्ट्रप्रति गौरव हुँदा–हुँदै विभेदी राज्यमाथि गौरव गर्ने आधार भेटिदैन ।लोकतान्त्रिक गणतन्त्रमा यस्तो महत्त्पूर्ण सवालका जवाफ खोज्नै पर्ने बेला आएको छ ।सबै जात,जाति,धर्म,क्षेत्र,लिङ्ग,वर्ग र समुदायले मेरो देश,मेरो राष्ट्र र राज्य महान छ भन्ने भावनाको विकास गर्न ढिला हुँदैछ ।अब विलम्ब नगरौँ । «