बिभिन्न विधामा उत्तिकै सशक्तढङगले कलम चलाउने साहित्यकार लक्ष्मीप्रसाद देवकोटाले उहाँ अघिका साहित्यकारले तुच्छ ठान्ने झ्याउरे छन्दलाई सम्मानित गर्दै मुनमदन लेख्नुभयो, जो नेपाली समाजमा आज पनि अति नै लोकप्रिय छ । उपदेशमूलक नेपाली निबन्ध लेखनको परम्परा तोडेर नेपालीमा पूर्ण निजात्मक निबन्धको थालनी मात्र नगरी नेपाली साहित्यका माध्यमबाट नयाँ शैली र आदर्श भित्र्यो । जुन काम आजसम्म पनि अरु कसैले गर्न सकेको छैन । उहाँ अंग्रेजी, नेपाली र संस्कृतका पूर्वज साहित्यकारहरुबाट प्रभावित त हुनुहुन्थ्यो तर त्यसमा उहाँले आफ्नो मौलिकपन थपेर साहित्यमा बिभिन्न शैलीको प्रयोग पनि गर्नुभयो । नेपाली निबन्ध, नाटक, कथा र काव्य जगतमा उहाँका कृत्ति अद्वितिय छन । नेपाली साहित्यमा महाकविको सम्मान उहाँलाई मात्र प्राप्त छ ।
“म तीन किसिमका रचना लेख्छु, तीन थरीका पाठकलाई पहिलो खुब गहिरो, एकदम विद्वान खालका लागि, दोस्रो मझौला शिक्षित मात्रको लागि र तेस्रोे साधारण मानिसले पनि बुझ्न सक्ने खालको । मुनमदन दोस्रो किसिमको हो र शाकुन्तल चाहिँ पहिलो किसिमको । त्यसैले म यी भिन्नतालाई पाठकको स्तर बमोजिम अनुकूल नै ठान्छु तर शाकुन्तलचाहिँ अर्कै सुरमा लेखिएको हो । शुरुमा जब संस्कृतज्ञहरुले एक किसिमले ऊ के लेख्न सक्छ ? भन्ने किसिमको कुरो आएकोले त्यै जोशमा लेखं, त्यस्तै भयो, तर पछि मैले सोचेँ साँच्चै मुनामदन लयमै लेखेको भए झन सबैले बुझ्ने र राम्रो हुन्थ्यो कि ? पुराना कविहरुले भाव शिक्षात्मक, पोषक र ब्याख्यात्मक थियो । अहिलेका पिँढीका लेखक हरुबाट भाव रहस्यात्मक, सौजन्यारहित, मनमौजी र वैयक्तिक तथा यदाकदा असंगतिपूर्ण देखिन्छ । हामीले हाम्रो भाषालाई स्वस्थ प्रवृतिलाई छाडिदिएका छौं, र यसलाई प्रबोधनको माध्यमका रुपमा प्रयोग गर्न सकेका छैनौँ । जनताका निम्ति केहि गरेर उनीहरुको सामान्य सहानुभूित पाउनुभन्दा अघि नै हामीले प्रशंसा गरेर आत्मप्रशंसामा खर्च गरेका छौँ । यसको परिणाम हो साहित्यको जीवनसँंग समबन्ध विच्छेद …।” जस्ता बिचार छोडेर जानुभएका देवकोटा नेपाल लेखक संघ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काव्य प्रतिष्ठान, नेपाल शिक्षा परिषद जस्ता साहित्यिक तथा सामाजिक संघ–संस्थाहरुमा संलग्न हुनुहुन्थ्यो ।

आजीवन युगान्तकारी साहित्य सेवा गरी त्यसलाई समृद्ध तुल्याउने स्व.देवकोटाको जन्म वि.सं. १९६६ कात्र्तिकको २७ गते शुक्रवार औंशीको दिन रात नौ बजेर ५४ मिनेट जाँदा धोवीधाराको ल्वक नं. २१÷५४१ को घरमा भएको थियो । यस टोलको पुरानो नाम कमलपोखरी ठटुनटी हुनाले त्यस घरमा आजसम्म पनि कमलपोखरी ठटुनटी लेखिएको कठपत्र छँदै छ । कमलपोखरी र डिल्लीबजारको बीचमा रहेको यस घरले उहाँको जन्मस्थान बन्ने सौभाग्य पायो । नामाकरणको दिन उहाँको नाम तीर्थमाधव राखिएको थियो तापनि लक्ष्मीपूजाको दिन जन्मेको हुँदा उहाँलाई लक्ष्मीको निगाहले पाएको सम्झी लक्ष्मीप्रसाद भन्ने नामले सम्वोधन गर्न थालियो । उहाँका बुवा श्री तिलमाधव देवकोटाका जेठी टिकादेवी र कान्छी अमरराज्यलक्ष्मीदेवी गरी दुई धर्मपत्नी हुनुहुन्थ्यो । जेठिबाट २ छोरा र ३ छोरीको जन्म भयो । कान्छिबाट ६ छोरा र ७ छोरीको जन्म भयो । जेठीका २ छोरा र १ छोरीको मृत्यु बालककालमै भयो । कान्छीपट्टिका ६ छोराहरु क्रमशः लेखनाथ, दुर्गानन्द, लक्ष्मीप्रसाद, मधुसूदन, मित्रनाथ र गोपीमाधव हुन । महाकवि देवकोटा साहिँला हुनाले टोलका सबै उहाँलाई साहिँला बाजे वा साहिँलादाइ भन्थे । वि.सं. १९७० मा उहाँ सिकिस्त विरामी हुनुभयो, आउँको रोगले । यसरी ४ बर्षको उमेरमै उहाँलाई सबैले आशा मारिसकेका थिए । तर कुनै तान्त्रिकले जङ्गी सेल खुवाएर उहाँलाई निको पारे । त्यसपछि ५ बर्षकै उमेरमा अक्षरम्भ गरियो । वि.सं. १९७४ मा उहाँको उपनयन संस्कार गरियो । बावुबाटै उहाँले गायत्री मन्त्र सुन्नुभयो । उहाँका बुवा पनि रसिक कवि हुनुहुन्थ्यो । संस्कृतका पंण्डित हुनुका साथै साहित्यमा पनि अभिरुचि भएको हुँदा उहाँ बराबर संस्कृत पद्यहरु र स्तोत्रहरु आफैँले रच्ने गर्नुहुन्थ्यो । कहिलेकाहिँ नेपाली भाषामा पनि लेख्नुहुन्थ्यो । यस्ता कविताहरु साहिँला छोरालाई सार्न लाउनुहुन्थ्यो र छोराका सुन्दर अक्षरहरुबाट मुग्ध हुनुहुन्थ्यो । उहाँका लक्ष्मी स्तोत्र वि.सं. १९९० भन्दा अगाडिको पात्रोमा छापिएको छ भनिन्छ । उहाँले आफ्नो साहिँला छोराको असाधारण प्रतिभादेखि उहाँलाई पण्डित बनाउने विचार गर्नुभएको थियो । त्यसैले उहाँले तात्कालीक प्रधानमन्त्री चन्द्रशमशेरकहाँ छोरालाई तीनधारा पाठशालामा भर्ना गर्न निवेदन दिनुभयो । चन्द्र शमशेरले पनि प्रमाङ्गी दिइसक्नुभएको थियो । तर जेठा छोरा लक्ष्मण र आमाले मान्नुभएनछ । उहाँहरुको भनाई थियो – संस्कृत त घरमा बाबुले नै पढाउन सकिने कुरा हो, अंग्रेजी नै पढाउनुपर्छ । त्यसैले वि.सं. १९७७ मा उहाँ दरबार हाईस्कुलको पाँचौ कक्षामा भर्ना हुनुभयो । त्यसताकै स्कुलमा भर्ना हुनु भन्दा अगावै वि.सं. १९७६ मा उहाँको कलमबाट उहाँको पहिलो कविता निस्क्यो । त्यो वैराग्यकारक र उपदेशमूलक थियो । बूढा बाबुसंँग निरन्तर साथ रहनाले उहाँमा अध्यात्मिक प्रभाव पर्नु स्वाभाविकै थियो । वि.सं. १९८० देखि अंग्रेजीमा पनि कविता कोर्न थाल्नुभयो । त्यसैताका उहाँले बावुको देखासिकी संस्कृत काव्य पनि लेख्नुभएको थियो, तर त्यसमा भरमार अशुद्वी देखिनाले बुवाले उहाँलाई हप्काउनुभयो ।

वि.सं. १९८१ को फागुन महिनामा उहाँको बिवाह ईन्द्रचोकमा चालिसे परिवारकी १३ बर्षीया ब्रम्हण कन्या मनदेवीसँंग भयो । दश कक्षाको टेस्ट परीक्षामा चौथा मात्र हुनुभए पनि वि.सं. १९८२ को म्याट्रिक परीक्षामा उहाँ प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । गफभन्दा बढी पढाई नै प्यारो हुनाले उहाँमा मिलनसारीताको कमी थियो । बि.सं. १९८३ मा उहाँ त्रिचन्द्र कलेजमा खुब ददचित्त भई विज्ञान विषय लिएर पढ्न थाल्नुभयो । दालभात डुकुको समस्या त उहाँहरुलाई सधैभरि नै रहेको थियो । त्यसैले बिहान–वेलुकी ट्युसन्् पढाउने अभियान पनि शुरु गर्नुभयो । कठिन दिमागी परिश्रमले, शारीरिक परिश्रमले भन्दा धेरै गुना बढी गलाउन सक्छ भन्ने ध्रुव सत्य मानिएको कुरा हो । उहाँलाई त्यही दिमागी पश्रिमले वि.संं. १९८४ मा ज्वरको रुपलिई ओच्छ्यानमा पा¥यो तर दाजु लेखनाथको निरन्तर हेरबिचारले गर्दा उहाँ निको हुनुभयो । त्यसपछि उहाँ फेरि पढ्न थाल्नुभयो । त्यसबेला नेपालमा पटना बिश्वविद्यालयले जाँच लिइन्थ्यो । उक्त बिश्वविद्यालयमा उहाँको नाम सन्् १९२७ मा ३१ नम्बरमा दर्ता गरिएको थियो । वि.सं. १९८५ मा उहाँ आई.एस्सी परीक्षामा दोस्रो श्रेणीमा उत्र्तीर्ण हुनुभयो । वि.सं. १९८५ मै उहाँको पहिलो संन्तान जेठी छोरी सावित्रीको जन्म भयो । अब उहाँ विज्ञान छाडी कला तर्फ लाग्नुभयो, किनभने उहाँमा बाबुको निकै प्रभाव परेको थियो । रसगङ्गाधरका राम्रा राम्रा श्लोक सुन्दा–सुन्दा बिज्ञानको आकर्षण घट्यो र साहित्यतिर उहाँको चाख चरम सिमामा पुग्यो । उहाँको ट्युसन पनि खुब चम्कन थाल्यो । दिनको १०–१२ घण्टा ट्युसन्् गर्नु मामुली हुन थाल्यो । त्यसो भएता पनि उहाँले बी.सं. १९८५ मै बी.ए. परीक्षा दिनुभयो र नेपालबाट उहाँ एकजना मात्र उत्तीर्ण हुनुभयो । उहाँका प्रधान विषय अर्थशास्त्र र गणित थिए । पटनामा जाँच दिएर फर्कदा साथीले उहाँसित जनहित पुस्तकालय खोल्ने विषयमा कुरा गरेछन् । उहाँलाई शिक्षा प्रचारमा ज्यादै अभिरुचि थियो, त्यसैले यस कुरामा सहमति जनाएर हस्ताक्षर गर्नुभयो, तर यो काम हुन नपाउँदै पोल खुल्यो र उहाँलाई भात खान लागेको बेलामा आठपहरिया आई पक्रेर लगे । उहाँका अन्य साथीहरुलाई र उहाँलाई पनि कठोर सजाय दिइने भयो । उहाँले तीन बर्षको कठोर कारावासको सजाय पाउनुभयो, तर पछि यस्तो जनहितको काम कहिल्यै गर्ने छैन गरेंं, भने १२ बर्षको सख्त सजाय भोगौंला भनी कागज गराएर सय रुपैँया जरिवाना गरी छाडिदिए । अब उहाँ कानून पढ्न जानुभयो । कानूनको साथमा एम.ए. पनि पढ्न थाल्नुभयो । एक बर्षसम्म उहाँले कठिन परिश्रमका साथ ट्युसन््बाट कमाउनुभयो । त्यत्ति गर्दा पनि उहाँ तात्कालिक रुपमा आर्थिक संकटबाट मुक्त हुन सक्नुभएन । त्यसैले उहाँले एम.ए.को मोह त्याग्नै प¥यो । वि.सं. १९९० मा उहँँ वी.एल. मात्र दिई काठमाडौंतिर लाग्नुभयो । स्वदेश तिर फर्कन लागेका उहाँलाई त्यस बेलाको महाभूकम्पले थानकोटमा आइपुगेकै दिन स्वागत ग¥यो ।
वी.एल.मा उहाँ दशौं श्रेणीमा उत्र्तीर्ण हुनुभएको थियो । त्यसबेला प्रधानमन्त्री पनि नयाँ आईसकेका थिए । त्यसैले मझौला खालको जागिर उहाँले पाउने कुरा थियो तर उहाँले जागिर खान चाहनुभएन । वी.एल. पढेर पनि उहाँ मुद्दामामिलाको पैरवी गर्नेतिर लाग्नुभएन । उहाँको आत्मा यस्तो कामको लागि तयार थिएन । यसको एक बर्ष पनि बित्न नपाउँदै उहाँकी आमा वि.सं. १९९१ असार २४ गते ५८ बर्षको उमेरमा परमधाम पुग्नुभयो । मातृशोकको एक बर्ष बित्न नपाउँदै वि.सं. १९९२ जेठ २५ गते पंण्डित तिलमाधव देवकोटाको देहावसान ८४ बर्षको उमेरमा भयो । यसै बर्ष कविजीकी माहिली छोरीको जन्म भयो । तर दुई महिनामै त्यस बालिकाको मृत्य भयो । वि.सं. १९९१ मा कविले नेपाली साहित्यको लागि सौभाग्य प्रदान निर्णय गर्नुभयो । जिन्दगीमा उहाँका दुईटै लक्ष्य रहेछन, पढाउनु र लेख्नु । त्यही साल उहाँको गर्नुभयो । जिन्दगीमा उहाँका दुईटै लक्ष्य रहेछन, पढाउनु र लेख्नु । त्यही साल उहाँको लागि शोक शृङ्खला बोकेर आइपुग्यो । सच्चा नेपाली साहित्यकारहरुमाथि प्रायः यस्तै बज्रपात हुँदा रहैछन् । लक्ष्मीप्रसाद ठानिएका कविज्यूलाई सरस्वतीको प्रसाद त प्राप्त भयो तर लक्ष्मीको वरद हस्त उहाँको शिरमा कहिल्यै निर्धक्कसित परेन । कमाइले उहाँलाई कहिल्यै पुगेन । उहाँको लागि बाँच्नुको अर्थ थपी माग्नु सावित भयो । वि.सं. १९८९ मा उहाँको जेठो छोरो प्रकाशको जन्म भइसकेको थियो । वि.सं. १९९३ मा जन्मेको माहिलो छोरो कृष्णप्रसादले बाजेबज्यैको मुख देख्न पाएन तर यसै साल कविले कलकत्ता पुगी एम.ए.को लागि चाहिने किताबहरु किनेर ल्याउनुभयो र जोडतोडका साथ पढ्न थाल्नुभयो । यसैबीच उहाँले घरको तामाङ्ग नोकरबाट तामाङ भाषा सिक्नुभयो । माग्न आउने भोटेबाट भोटे भाषा सिक्नुभयो । एम.ए. दिन पटना बिश्वविद्यालयको फारम पनि भर्नुभयो । तर उहाँको स्वास्थ्य नराम्रोसित बिग्रन थाल्यो । तैपनि उहाँले आफ्नो धुन छाड्नुभएन । उहाँमा पागलपनको धुन सबार भयो । उहाँलाई राँची पठाएर उपचार गरियो । चार महिनाको राँची प्रवासपछि उहँँको एम.ए.बन्ने धुनले बिदावारी लियो । बि.सं. १९९५ मा उहाँ गोसाँईथान जानुभयो । त्यसै साल उहाँको भेट नेपाली साहित्यका एक रत्न श्री बालकृष्ण समसित भयो । उहाँका दाजु श्री लेखनाथ देवकोटा श्री शमका गुरु हुनुहुन्थ्यो । दाजुकै सिफारिसले गर्दा उहाँ समको समक्ष पुग्नुभयो मुनामदन लिएर त्यसैबेला उहाँले समज्युलाई हजुरसंँग प्रतिष्पर्धा गरेर हिँड्न मन लाग्छ भन्न्ुभएको थियो । साँच्चै उहाँ समज्युको प्रतिस्पर्धामा उभिनुभयो । प्रतिस्पर्धा यस्तो हुनुपर्दछ । आफ्ना प्रतिद्धन्दीलाई गिराएर आफू उसलाई थिचेर उठ्न प्रवृत्ति प्रतिस्पर्धा होइन बैर हो, तर उहाँले बैर गर्नुभएन । आज देवकोटाको स्तर समको भन्दा एक ईन्च पनि तल खस्केको छैन बरु अझै उठेको छ ।

देवकोटाका दाजुभाइका बीच अंशबण्डा भएको बर्ष वि.सं. १९९६ पछिको साल १९९७ उहाँको जीवनमा धेरै गतिशीलपूर्ण बर्ष ठहरिन सक्छ किनभने यसैसाल उहाँ स्वस्थ्य लाभको लागि मामे शसुरालीको घर पश्चिम एक नम्वरको झिल्टुङ गाउँ पुग्नुभयो र फलस्वरुप कुन्जिनीको जन्म भयो । धेरै अगाडिदेखि पढिरहेको सावित्री सत्यवान नाटक र राजकुमार प्रभाकर खण्डकाव्य यसै बर्ष उहाँले प्रकाशित गर्न पाउनुभयो र प्रसिद्ध प्रबन्ध संग्रहले प्रकाशनार्थ स्वीकृत भई १२५ रुपैँया पुरस्कार दिलाएको पनि यसै बर्ष हो । साहिँली छोरी अम्विकाको जन्म पनि यसै बर्ष भयो । मैतिदेवीको घर पनि यसैसाल किनियो । प्रसिद्ध कवि तथा साहित्यकार श्री माधवप्रसाद घिमिरे र श्री भवानी भिक्षुको संगम देवकोटासित भएको पनि यसै साल हो । श्री शिवप्रतापशमशेर थापाले वि.संं १९९८ मा उहाँलाई आफ्नै घरमा ३–४ महिना राखी जुद्धशमशेरको शिकार डायरी अंग्रेजीमा लेखाउनुभएको थियो । सो डायरी शंसोधनको लागि भनी इ.ए. स्मिथिजको जिम्मा लाग्यो । सो किताब द्यष्न न्बmभ क्जययतष्लन ष्ल ल्भउब िइ.ए. स्मिथिजकै नाममा वि.सं. १९९९ मा प्रकाशित भयो । यो काम गरेवापत उहाँले रु ४०० पाउनुभयो । १९९८ मै उहाँकी काहिँली छोरी मीराको जन्म भयो । १९९९ सालमा मुनामदन स्वीकृत भएवापत रु १०० पाउनुभयो । वि.सं. २००० भदौ ११ गते उहाँ नेपाली भाषानुवाद परिषदमा लेखक नियुक्त हुनुभयो । मासिक रु ७० तलव पाउनुहुन्थ्यो । यसबेला उहाँले कृतिहरुको रचना गर्नुभयो । एक दिन छाता ओडी नेपाली भाषा प्रकाशिनी समितिमा पुग्दा समज्यूलगायत सबैले उहाँलाई भाषण दिन अनुरोध गर्नुभयो । उहाँले छाता विषयमा एक घण्टा तीस मिनेट बोल्नुभएछ । सबै चकित भए । एक अनारको विषयमा बोल्न लाउँदा सबै मुग्ध भएर सुनिरहे समय बितेको कसैले पत्तै पाएनन् । पालेले पसी अड्डा बन्द गरुँकि ? नभनेको भए अझै सुनिरहन्थे । वि.सं. २००२ सालमा शकुन्तला महाकाव्य तीन महिनामा लेखी सिध्याउनुभएको थियो भने सुलोचना महाकाव्य दश दिनमा पूरा गर्नुभयो । संस्कृत महाकाव्य पनि उहाँले ५ दिनभित्र दश सर्ग लेखी देखाउनुभएको थियो रे ! यसको अत्तोपत्तो छैन । संस्कृत, नेपाली, नेवारी, हिन्दी वंगाली, उर्दू, अंग्रेजी, फ्रेन्च, जर्मनी भाषा समेत गरी उहाँ जम्मा नौ भाषामा कविता लेख्न्ुाहुन्थ्यो ।
उहाँको निरीक्षण शक्ति पनि गजबको थियो । जहाँ न जाये रवि वहाँ पहुँचे कवि भन्ने उक्ति उहाँमा पूर्णतः चरितार्थै हुन्छ । उहाँ निबन्धको किताब लेखिरहनुभएको बेलाको कुरा हो । उहाँ तल्लीन भई करिव आधा घण्टा झ्याल बाहिर हेरिरहनुभयो । उहाँको चाला देखी सबै चकित भए तर त्यसको परिणामले झन चकित पा¥र्यो, किनभने त्यो त मसलाको बोटले के हेर्छ ? निबन्धको लागि मसला तयार पार्ने व्यस्तता पो रहेछ । उहाँको बौद्धिक अन्वेषण कति तीव्र हुन्थ्यो भन्ने कुरा लक्ष्मी निबन्ध संग्रहका प्रत्येक निबन्धले खुलस्त बनाउन सक्छ । उहाँको एकाग्रता पनि अनुपम थियो । तिर्खाएर वा गर्मीले छट्पटाएर धारामा पुग्दा धारोको टुटीमा मुख लगाएर उभिएको उभियै हुनु, आधा जीउ झ्याल बाहिर निकाली निहुरिएर रानीपोखरीको दृश्यावलोकन गरिरहँदा पानी परी कोट समेत आधा जीऊ निथु्रक्क भईसक्दा पनि पत्तै नपाउनु जस्ता कुराले उहाँको भावतन्मयता कति असमान्य थियो स्पष्ट झल्काउँछन् । दाता पनि उहाँ उत्तिकै हुनुहुन्थ्यो । आफूसँंग पैसा भएसम्मलाई उहाँ भरेकै लागि पनि चिन्ता गर्नुहुन्नथ्यो । सारालाई बाँडेर खुवाई हिँड्नुहुन्थ्यो । सधैभरी घरमा रडाको मच्चिए पनि उहाँलाई कुनै चिन्ता हुन्नथ्यो । उहाँको लेखनी मात्र प्रवाहपूर्ण नभएर भाषण पनि उत्तिकै प्रवाहपूर्ण र प्रभावकारी हुन्थ्यो । कक्षाको प्रवचन, साहित्यीक प्रवचन, दार्शनिक प्रवचन वा राजनीतिक प्रवचनमै पनि उहाँको वाणी अनवरतरुपले चल्थ्यो । उहाँको प्रवचन सुनेर सबै आत्मविस्मृतसम्म पनि हुन पुग्थे । उहाँ नत बोल्दा अकमकिनु हुन्थ्यो, न लेख्दा नै । लेखिसकेपछि दोहो¥याएर हेर्नुको साटो नयाँ लेखेर नयाँ सिर्जनालाई निरन्तर प्रगतिमु्खी बनाउनु उहाँको बानी थियो । पुष्कर शमशेर र बालकृष्ण सम जस्ताको अगाडि पनि उहाँको तर्क सदैव बिजयी हुन्थ्यो । नदीको भेललाई आफूले के ल्याएँ भन्ने हेक्का रहँदैन । महाकविको काव्यप्रवाह पनि त्यस्तै थियो । आफूले कहाँ कति लेखें भन्ने कुराको प्रवाहै थिएन । उहाँले साँच्चै निर्विध्नरुपले लेख्न पाउनुभएको भए लगातारै लेखिरहनुहुन्थ्यो होला, सब कुरा विर्सेर । उहाँले कति लेख्नुभयो त्यसको लेखाजोखा कहिल्यै हुन सक्दैन । उहाँको रचना अरुले सुरक्षित साथ राख्नुपथ्र्यो, नत्र उहाँ आफै पनि कागजको खाँचो पर्दा पोका पार्ने, च्यात्ने, फाल्ने गर्नुहुन्थ्यो । स्रष्टालाई आफ्नो सृष्टिको प्रवाह थिएन । छोरा विरामी भएको बेलामा पनि आफ्नो धुनमा रहने कवि आफ्ना रचनाको लागि यति बेप्रवाह भएकोमा आश्चर्य मान्नुपर्दैन । प्रायः यस्ता महान आत्माहरु यस्तै हुन्छन् । आफ्नै पनि शुद्धि रहँदैन तिनीहरुलाई । यस्ता आत्मा भएतापनि उहाँले स्थायी जागिर पाउनुभएन । भाषानुवाद परिषदको जागिर पनि त्यससंँगै गयो । पछि बर्षेनी म्याद थपिने जागिरदार हुनु भयो । वि.सं. २००३ असार १२ गते उहाँ त्रिचन्द्र कलेजमा नेपाली

थपिने जागिरदार हुनु भयो । वि.सं. २००३ असार १२ गते उहाँ त्रिचन्द्र कलेजमा नेपाली र अंग्रेजी पढाउने प्राध्यापक पदमा नियुक्त हुनुभयो । बार्षिक तलव केवल रु १२०० थियो । उहाँ जस्ता विभूतिस्वरुप प्रतिभाले ज्यामी सरहको कदर पाउनुभएको थियो ।
एकतन्त्री शासनको उहाँ घोर विरोधी हुनुहुन्थ्यो । उहाँ प्रजातन्त्र चाहनुहुन्थ्यो । तर उहाँले साहित्यकै माध्यमबाट देशसेवा गर्ने अठोट लिनुभएको थियो । बि.सं. २००३ चैत्रमा उहाँले हृदयचन्द्रसिंह प्रधान र केदारमान व्यथितसँंग मिली नेपाली साहित्य परिषद खोल्नुभयो । साहित्यस्रोत पत्रिका पनि निकाल्न थाल्नुभयो वि.सं. २००४ मा ।

उहाँ त्यसमा सभापति हुनुहुन्थ्यो । त्यसै साल जेठ १५ गतेदेखि १७ गतेसम्म भएको सर्वप्रथम बिराट साहित्य सम्मेलन उहाँकै सभापतित्वमा भएको थियो । त्यसबेलाको उहाँको अ‍ोजपूर्ण भाषणले कसलाई मात्र मुग्ध पारेन ? आज पनि त्यसको सम्झनामा मुग्ध र भावविभोर हुनेहरु छँदै छन् । तर उहाँले साहित्यको सेवा गर्दा राजनीतिलाई अछुत मान्नुभएन । फलस्वरुप व्यंग्य कविताद्वारा पढाउँदा एकतन्त्री शासन््को भण्डाफोर गर्नुहुन्थ्यो र प्रजातन्त्रको आवश्यकतामाथि पनि जोड दिनुहुन्थ्यो । पछि त घरमा टाईफाईडले सिकिस्त पारेको माहिला छोरा कृष्णप्रसादलाई छाडेर कसैलाई खबरै नगरी वनारस पुग्नुभएछ । त्यहाँ युगवाणीको सम्पादन गर्नुको साथै राजनीतिक चेतना दिने अनेक कृतिहरु लेखी बेचेको पैसाबाट जीवन पाल्नुभयो । त्यहाँ पनि अभावपूर्ण रह्यो । यता घरमा तायदात गरियो । कृष्णप्रसादको निधन पनि भयो । तर उहाँ बनारसमै रहनुभयो । वि.सं. २००४ सालमा जेठा छोरा प्रकाशप्रसाद र वि.सं. २००५ को आधा आधितिर श्रीमती देवकोटा पनि वनारस पुग्नुभयो । घरको बिजोग सुन्दा भावुक कविको मनले हाहाकार नगर्ने कुरै थिएन । श्री सुन्दरराज चालिसेको मद्दतले केही भरथेग गरेपनि उहाँहरुको अवस्था त्यहाँ दुःखमूलक नै थियो । त्यसैले वि.सं. २००६ को दशैँताका उहाँ काठमाडौं आउनुभयो । उहाँको जीवीका पुनश्च ट्युसन््बाट नै चल्न थाल्यो । मैतिदेवीको उहाँको घर कवि कुन्जले कहिलै कुन्ज बन्न पाएन । त्यहाँ बगैँचा एउटा पनि बन्न पाएन । उहाँ कल्पनाका धनी हुनुहुन्थ्यो, धनको भने गरीव हुनुहुन्थ्यो । कहिलेकाहिँ कवि दम्पतिको सल्लाह हुन्थ्यो– संन्तानलाई समाजको जिम्मालगाई आफू चाहिँ पोटासियम सायनाईड वा ओपियट खाई मर्ने बारे । तर श्रीमती देवकोटा सधैँ बिरोध गर्नुहुन्थ्यो दृढतासाथ । त्यसैले यस्तो कारुण घटनाचाहिँ घट्न पाएन । वि.संं २००४ सालदेखि नै उहाँ बिक्षिप्त प्रायः हुनुभएको थियो, त्यसैले नैसर्गिक शान्तिको खोजमा उहाँ वि.सं. २००८ जेठ १५ गते गुहेश्वरी पारी कुमारी गालमा आफ्ना भिनाजू श्री अनङ्गनाथ पौडयालको घरमा दश दिन बस्नुभयो । त्यहाँ पनि उहाँले भिनाजूको राधाकृष्ण मिलन किताबमा विस्तृत भूमिका लेख्नुभएको थियो । कामिनी फूलको वारेमा ५÷७ पन्ना कविता पनि लेख्नुभएको थियो ।
उहाँ आफ्नो दुःखको अनुभूति मात्र गर्नुहुन्नथ्यो, अरुको दुःखमा पनि उत्तिकै गर्नुहुन्थ्यो । बालवालिकाहरु उहाँलाई अति मन पर्थे । कतिपटक माग्नेलाई सयको नोट वा कोटै भिक्षा दिएको र आफ्नो खर्चले केटाकेटीको एक एक पेडाको सदावर्त खोलेको जस्ता घटनाले उहाँ अभाव ग्रस्तहरुमाथि कति तीर्ब्र सहानुभूति राख्नुहुन्थ्यो र बालवालिकाहरुलाई कति अकृत्रिम माया गर्नुहुन्थ्यो स्पष्ट हुन आउँछ । वि.सं. २००८ मा नेपाल दार्शनिक संघमा गई त्यहाँको छलफलमा भाग लिनाले उहाँमा दर्शनप्रियता र दर्शनसम्बन्धी ज्ञान पनि थियो भन्ने थाहा पाउन सकिन्छ । यसै साल खोलिएको नेपाली शिक्षा परिषदको स्थापनामा पनि उहाँको निकै ठूलो योगदान रहेको छ । यसै बर्ष अध्यात्मिक चर्चा परिचर्चालाई टेवा दिन गितागेह खडा गरी त्यसको अध्यक्ष सम्म पनि बन्नुभयो । वि.सं. २००९ मा पुनर्गठित सल्लाहाकार सभाका सदस्य मनोनित हुनुभयो । वि.सं. २०११ मा दोस्रो सल्लाहाकार सभामा विरोधी दलका नेता चुनिनुभयो ।

वि.सं. २०१४ सालमा श्री ५ महेन्द्रबाट नेपालमा एकेडमीको स्थापना भएको घोषणा गरिबक्स्यो । महाकवि त्यसै बेलादेखि एकेडमीका सदस्य मनोनित हुनुभयो । यसमार्फत उहाँले साहित्य संस्कृति र कलाको उन्नतिको लागि निकै ठोस योगदान दिनुभयो । पछि उहाँ साहित्य विभागपट्टि पर्नुभयो । त्यहाँको मासिक वेतन रु ६०० ले पनि उहाँको आर्थिक दुरावस्थालाई निकै थेगेको थियो । यद्यपि यो रकम उहाँको लागि अपर्याप्त नै थियो । यसै महिनामा उहाँको अन्तिम संन्तती दीपकको जन्म भयो । यसै साल साउन ११ गतेदेखि कार्तिक २९ गतेसम्म उहाँ शिक्षा तथा स्वायत्त शासन्् मन्त्री पनि बन्नुभयो । उहाँ भन्दा चौध पुस्ताअघि मन्त्री बन्ने दानुपाध्या पछि उहाँ त्यस कुलका दोस्रा मन्त्री हुनुहुन्थ्यो । थोरै अवधिको यस मन्त्रित्व कालमा उहाँले राष्ट्रलाई जे जति ठोस योगदान दिनुभयो, त्यसको जतिसुकै प्रशंसा गरेपनि पुग्दैन । बिश्वविद्यालय स्थापनाबारे ठोस योजना त्यसै बेला बनेको हो र त्यसको लागि जग्गा उपलब्ध गराईएको पनि त्यसै बेला हो । मन्त्रित्वपछि पनि यसलाई उहाँले अझै बढी योगदान दिनुभयो । आफ्नो स्वास्थ्यको समेत प्रवाह गर्नुभएन । यसै सालको फागुन १३ गते उहाँ बिभिन्न बिश्वविद्यालयको स्थिति, नियम, अनुशासन आदिका अध्ययन गर्न शिक्षा क्षेत्रका अन्य चार जना प्रतिनिधिहरुको साथमा एक महिनाजति लगाई वाराणसी, बम्बै, दिल्ली, बडौदा, मैसूर, पूना, शान्ति निकेतन आदि स्थानहरुको भ्रमण गरी फर्कनुभयो । यस अवधिभित्र स्वास्थ्यको गडबडीले गर्दा उहाँले लखनौ, बंगलोर, बम्मै, पुना, कलकता आदि स्थानमा स्वास्थ्यको जाँच पनि गर्नुभयो । कलकत्तामा त अप्रेशनको लागि अस्पतालमा भर्ना नै हुनुभयो । तर साथीहरुको जोडले गर्दा अप्रेशन नगरी नै फर्कनुभयो । वि.सं. २०१५ सालमा उहाँकी साहिँली छोरी अम्विकाको बिवाह भयो । कठिन परिश्रम, आहार बिहारको अनियमितता र आर्थिक अपर्याप्ताले गर्दा उहाँको स्वास्थ्य निरन्तर बिग्रँदै गयो र ग्यास्टिक अल्सरको अप्रेशन गर्ने कुरा चल्दा यसै साल क्यान्सरको अप्रेशन हुन गयो । हावापानी फेर्न उहाँ आदेश्वर र टोखा पनि जानुभयो । यसै साल अफ्रो—एसियाली लेखक सम्मेलनमा प्रमुख नेपाली प्रतिनिधिको रुपमा भाग लिन उहाँलाई निम्ता आयो । स्वास्थ्य ज्यादै बिग्रीसकेको हुनाले श्रीमती देवकोटा उहाँलाई मात्र पठाउन राजी हुनुभएन । अन्तमा श्रीमती साथमा लग्न पाइने भएपछि मात्र श्री माधवप्रसाद घिमिरे साथ लिई तासकन्द पुग्नुभयो । त्यहाँ नेपालको गौरवलाई उहाँले ठूलो टेवा दिनुभयो ।
चुरोट खाने र पासा खेल्ने बानीले र लेख्ने पढ्ने पढाउने आदि काममा आरामै नलिई लाग्ने गर्नाले पनि उहाँको स्वास्थ्य दिन परदिन खस्कँदै गइरहेको थियो । यी भाषाको ज्ञानले उहाँमा अझ थप ज्ञान तथा अध्ययन क्षेत्र थप्यो । पथपरहेजमा रहने कुरा सपनामा थियो, किनभने आर्थिक दुरावस्थाले गर्दा उहाँले बारीको मकै भटमास र मुला खाएर पनि जीवन धान्नु परेको थियो । छोरीको बिवाह र अप्रेशन गर्दा लागेको ऋण तिर्न सकिएको थिएन । अर्को ऋण कसले देओस् । आखिर श्री ५ महेन्द्र, विद्यार्थी र जनताको पैसा लिई उहाँ कलकत्तामा उपचार गराउन पुग्नु भयो । ३४ दिन त्यहाँ बसी काठमाडौं फर्कनुभयो र शान्त भवनमा भर्ना हुनुभयो । पछि तात्कालिक श्री जेठा मुमाबडामहारानी कान्तिराज्यलक्ष्मी देवी र श्री ५ कान्छा मुमा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवीबाट रु ५,०००। साहायता पाइयो । तर दुर्भाग्यवस बेला खुस्किसकेको थियो । उहाँ बराबर हृदय विदारक स्वरमा पोटासियम सायनाईड र ओपियट विषहरु माग्नुहुन्थ्यो । अन्त्य समयमा उहाँले म स्वर्गभन्दा ठूलो ठाउँमा जन्में तर आज यहीँको आकाश कराही घोप्टिएझैँ अन्धकार पार्न लागिरहेछ भन्ने शब्द निकाल्नुभयो । उहाँलाई कसैप्रति रिस राग द्वैष कपट थिएन । नीलकण्ठ शदाशिवले दिगम्बर बन्न रुचाए, त्यसैले उहाँ पनि त्यस्तै बन्ने बाटोमा लाग्नुभएछ । म तीन चार दिन बाँचें भने तिमीले खान दिन सक्दीनौ, यति भए मेरो अन्तिम संस्कार पुगिहाल्छ, भैगो भनी श्रीमती देवकोटालाई आश्वासन दिने उहाँको ह्दय एकातिर परोपकारी र महान थियो भने अर्कातिर निराशमा चुर्लम्म डुबेको थियो । वि.सं. २०१६ भाद्र २९ गते सोमवारका दिन साँझ ६ः१० बजे उहाँ भगवान समक्ष पुग्नुभयो । यसरी महान विभूतिले पूरा ५० बर्ष पनि यस पृथ्वीमा बिताउन पाउनुभएन । अब त हामी उहाँको दिवंगत आत्मालाई निरन्तर शान्ति मिलोस् भनी पुकार्न मात्र सक्छौँ । उहाँ स्वर्गीय हुनुहुँदा उहाँको परिवारमा उहाँकी धर्मपत्नि मनदेवी, नाबालक छोरा पद्यप्रसाद र दीपकप्रसाद, दुई बिवाहीता छोरी सावित्री, अम्विका र दुई कुमारी छोरी मीरा र मुना बाँकी रहनुभयो । एक छोरी र दुई जवान छोराहरुको दुःखद निधनले उहाँको ह्दय पहिले नै क्षतिग्रस्त भइसकेको थियो ।
उहाँले कति लेख्नुभयो, त्यसको लेखाजोखा हुनै सक्दैन । तथापि अहिले सम्म प्राप्त तथ्यको आधारमा प्रकाशित कृतिहरुमा कविता–काव्यतर्फ महाकाव्यमा शाकुन्तल, सुलोचना, महाराणप्रताप, वनकुसुम, प्रमिथस पर्दछन । खण्डकाव्यमा मुनामदन, कुन्जिनी, राजकुमार, म्हेन्दु, रावणजटायु युद्ध, आँशु, वासन्ती, दुष्यन्त शकुन्तला भेट सीताहरण, लुनी, मेघदूत, मायाविनी सर्सी आदि चर्चित खण्डकाव्यहरुमा पर्दछन् । उहाँका सावित्रि सत्यवान, कृषिवाला रुपकका रुपमा चर्चित छन् । कविता संग्रहहरुमा सुनको बिहान, चिल्ला पातहरु, मनोरन्जन, छहरा, भिखारी, भावना गाङ्गेय, पुतली, गाईनेको गीत आदि पर्दछन् । निबन्धहरुमा लक्ष्मी निबन्ध संग्रह, प्रसिद्ध प्रबन्ध संग्रहलाई बिर्सन सकिँदैन । उहाँका कथा पनि त्यतिकै रसिला छन । लक्ष्मी कथा संग्रह उहाँको भुल्न नसकिने कृतिको रुपमा लिइन्छ भने उपन्यासमा चम्पा उपन्यास एक बहुचर्चित उपन्यास हो ।
उहाँका कृतिहरु अझै प्रकाशित हुन सक्छन् । प्रकाशित हुँदै पनि छन्, प्रकाशित हुनु हाम्रो लागि अवश्य पनि ठूलो सौभाग्यको कुरा हो । यी कृति एवं पत्रपत्रिकामा अप्रकाशित र प्रकाशित अनगीन्ती कविता, समालोचना, निबन्ध, कथा, गीत आदि अन्य कृतीहरु नेपाली समालोचकहरुको समीक्षा शक्ति र वोधशक्तिलाई हाँक दिएर अनुसंन्धाताहरुको

यी कृति एवं पत्रपत्रिकामा अप्रकाशित र प्रकाशित अनगीन्ती कविता, समालोचना, निबन्ध, कथा, गीत आदि अन्य कृतीहरु नेपाली समालोचकहरुको समीक्षा शक्ति र वोधशक्तिलाई हाँक दिएर अनुसंन्धाताहरुको निस्वार्थ अनुसन्धान, राष्ट्रको निस्वार्थ र पवित्र गुणग्राहीता एवं नेपाली जातीका साहित्यिक प्रतिभाहरुप्रतिको कर्तव्य पूरा गर्ने तत्परताको खाँचोको अनुभूति आज पनि गराइरहेकै छन् ।
मृत्युपछि देवकोटाको सम्मानमा जति कार्य भए ती अवश्य पनि सान्त्वनादायक छन् । शोकसभाहरु त भए भए सरकारले उहाँको ऋण तिर्न बाईस सय रुपैँया र अन्त्येष्टिको लागि तीन हजार रुपैँया दिएको थियो । २ छोरालाई बालिग नभएसम्मको लागि एक सय रुपैँया मासिक भत्ता पनि दिइयो । उहाँको निधनको भोलिपल्ट तमाम अड्डाखानालाई आधा दिनको र शिक्षासम्बन्धी कार्यलयहरु र शिक्षण संस्थाहरुलाई पूरा दिनकै बिदा दिइयो । संसदका दुबै सदन प्रतिनिधि सभा र महासभाको कार्य स्थगित गरी शोक मनाइयो । राष्ट्रिय झण्डा आधा झुकाइयो । सम्पूर्ण शिक्षित तथा सचेत नेपालीहरु शोकले अति संन्तप्त भए । धेरैले उहाँको शोक–सन्तप्त परिवारलाई समवेदना संन्देश पठाए । भारतमा पनि बिभिन्न ठाउँहरुमा शोकसभाहरु भए । निधनको तेह्रौँ दिन बिभिन्न सामाजिक संघ र शिक्षण संस्थाहरुको आयोजनामा मन्त्रीहरु समेत संलग्न भएको शोकार्त मौन जुलुस निस्क्यो । खरीको बोटमा पुगी जुलुसले शोकसभाको रुप लियो । त्यसमा श्री ५ महेन्द्रबाट समवेदना संन्देश पठाइबक्स्यो । समस्त साहित्यकारदेखि लिएर सामान्य जनतासम्मको पनि समवेदना व्यक्त भयो । यत्रो हितैषी समूह छँदा–छँदै पनि देवकोटाले आफ्नो जीवन दुःखी अवस्थामा विताउनुप¥यो । एसियाली तथा अफ्रिकी जनताको पारस्परिक हितको विषयमा छलफल गर्न मिश्रको राजधानी कायरोमा आयोजना गरिने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी भाग लिन उहाँको नाममा वि.सं. २०१६ चैत्रमा निमन्त्रणा आयो । यसरी उहाँले ठूलो प्रख्याती र प्रभाव बिश्वमा फैलाउनुभएको थियो । उहाँका कृति र व्यक्तित्वले नेपालीलाई बिश्वमा चिनाउँदै गएको थियो, राम्रो छाप छाड्दै । तर हामीले उहाँको जीवनकालमा उहाँलाई राम्ररी वास्ता गर्न सकेनौँ । साँच्चै भन्ने हो भने नेपाली साहित्यमा उहाँ जस्ता विभूतिको जन्म हुनु हामी नेपाली जातिप्रति परमेश्वरको परम र अनुपम अनुग्रह हो । देवकोटाका यिनै योगदानको कदरस्वरुप उहाँ महाकवि, त्रिभुवन प्रज्ञापुरस्कार, साझा पुरस्कार आदिद्वारा विभूषित हुनुहुन्छ ।
(लेखकः जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारका अध्यक्ष तथा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य–सचिब हुन ।)