काठमाडौं । सरकारले चाडपर्वमा दिइदै आएको विदा कटौती गरिरहेको बेला केही निजि बिधालयहरुले भने हिन्दुहरुको महान चाड बडादशै र तिहारको एकैसाथ महिनौ विदा दिएका छन् । जसका कारण बिद्यार्थीहरुको पढाईमा प्रत्यक्ष असर परेको अभिभावकहरुको गुनासो छ।
जोरपाटीका  एक निजि बिधालयका अभिभावक भन्छन् ” बिद्यालय महिनौ विदा हुँदा नानिबाबुले पढाई नै बिर्सी सके।” काठमाडौं सिफलका अर्का अभिभावक भन्छन् “महँगो फी तिरेर नानीबाबुहरुलाई बोर्डिङ स्कुलमा पढायो यसरी महिनौ विदा गर्न थाले पछि त पढाईमा के प्रगति गर्लान् र ?”, उसो त सामुदायिक बिधालयहरुले समेत दशै तिहारको एकै चोटी महिनौ बिदा नदिएका भने होइनन् ।कतिपय शिक्षक अभिभावकहरु दशै,तिहार मनाउन गाउँ घरतिर जाने भएकाले समेत दशै तिहारमा महिनौ बिदा दिएका हुन्छन् ।