काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैको टिकाको दिन आज हत्केला समाज नेपाल र लाइन्स क्लब अफ शेर्पाज द्वारा संयुक्त रुपमा निशुल्क यातायात  सेवा उपलब्ध गराएका छन् ।बौद्द जोरपाटी बाट सेवा प्रदान गरिएको यस खाले कार्यक्रमबाट वृद्ध ,केटाकेटी ,असक्त गरि करिब १०० जना भन्दा बढिले प्रत्यक्ष लाभ लिएको हत्केला समाजका महासचिव पासाङ शेर्पाले चर्चित खबरलाई बताए।  ७ ट्याक्सी  १३ कार  ५ स्कुटर र ४ मोटरसाइकलबाट उपत्यकाको जुनसुकै ठाउमा  आज दिनैभर यातायात सेवा दिइएको पनि शेर्पाले बताए।स्मरण रहोस पछिल्लो समय  सामाजिक कार्यमा हत्केला समाज नेपालले अग्रणी भुमिका निभाउदै आएको छ।