काठमाडौं । हिमाली क्षेत्रको कथावस्तु लाई समेटिएर निर्माण हुन लागेको चलचित्र साङ्ग्रीलाका लागि  मूख्य कलाकारको भूमिकामा मिस शेर्पा २०१८ का विजेता दाबुटी शेर्पा छानिएकी छ्न ।  मिस शेर्पा दाबुटीसहित अन्य कलाकारमा मिस्टर शेर्पामा सहभागि रिन्जी शेर्पा समेत छनौटमा परेका छ्न । साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘सल्लीपिर’ को मुलभावलाई समेटेर निर्माण गर्न लागेको चलचित्रले हिमाली क्षेत्रको कथावस्तुलाई समेट्ने निर्माण पक्षले जनाएको छ ।
एम मिडिया प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र छिट्टै छायाँकनमा जाने निर्माण पक्षले जानकारी दिए ।
छनौटमा परेकी दाबुटी दोलखाकी चेली हुन् ।