देश ,नयाँ वर्ष र म
सारदा धिताल

समयले क्यालेन्डर फेर्याे
नयाँ नेता-नेतृत्व र नेत्र फेरीए
फेरिएन देश-दिशा र दृष्टिकाेण ।

फेरिन सिकाएन देशले हामीलाई
भ्यागुताले कुवालाई राजधानी बनाए झैँ
चाल्न सकेनाैँ हामीले पाईतला
साट्न सकेनाैँ -प्रविधिका नयाँ अायाम सँगै,अाफ्ना खुशीहरु,,
अाखिर कदम-कदममा एम्बुस भेटिएपछि
जीवनकाे माया कस्लाई नलागाेस!

सुन्छु,
धेरै वर्ष बिते यहाँ
छुटेकाे छैन अझै
बालुवा र गिट्टिमा अामाकाे नङ्ग्रा
बेल्चा -छिनाे र हताैडामा बुबाकाे साहस
अाँसी, डाेकाे र नाम्लाेमा वहिनीकाे वैँस
जुवा-तास र रक्सीमा दाईकाे सँघर्ष
डरलाग्दाे भविष्यलाई निम्ता गरिरहेका
अान्दाेलनकारीका जुलुसहरु सँगै
भाई हराएकाे कथा।

उफ!!!
कसरी फूलाउँ मैले यस्ताे फूलबारीमा
अास्थाका सुनगाभाहरु?

त्यसैले,
म निमेष-निमेषमा फेल हुँदैछु
प्रश्ननपत्र अाउट भएकाे देशकाे परिक्षा बाट।

अक्षरहरु सँग लड्दै
जीवनका शुत्रहरु पढ्न
कहाँ राेज्नु
विद्यालय र महाविद्यालय?
सबै ठाउँलाई राजनितीले निमाेठेपछि
कहाँ गर्नु माया-प्रेम -कला र सिपकाे शल्यक्रिया ।

त्यसैले, अब
युवाले नै परिवर्तनलाई पाखुरीमा च्यापेर
देशकाे गर्भबाट -गर्व गर्न लायक
काम गरेर देखाउँनु छ ।

प्रार्थना गर्दैछु, देश सँग
भाेक विनाकाे भाेजन
हिडाई बिनाकाे थकान
रुप विनाकाे अाकृती
सुन्दरता विनाकाे दृश्य जस्तै
सफ नै गर्न नमिल्ने देशका रफहरु
काेर्न नपराेस फेरीपनि
अनि वर्षाैसाल एकादेशका कथाहरु।

त्यसाे त, हर्ष र खुशी सँगै
प्रत्येक नेपालीकाे वस्ती-वस्तीमा
जहाँ सबैकाे अाेठमा हाँसाे फूलेकाे हवस,
विषाद र विरहका गीत नगाअाेस देशले
नवजाअाेस अशान्तिकाे श्ङ्ख
अनि
नरेटाेस विद्राेहकाे सारङ्गी
शुभकामना- बन्दै गरेकाे नयाँ देशलाई
नयाँ वर्षकाे! !!