बिगत १८ बर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय हास्य कलाकार जयराम सापकोटा कमेडी कलाकार हुन । उनी गीत लेख्छ्न गाउछ्न सिरियल पनि लेखछन ।
चोर मन्तर टेलीचलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका जयराम सापकोटा चर्चित टेलिफिल्म मेरि बास्सै झ्याइ कुटी झ्याइ , कुकुर हाँस्दा बिरालो बौलायो, दसैं कि दशा ,तिरिरी लगाएतका दर्जनौ टेलिचलचित्र तथा फुच्चे दादा , मेन्टल , वान साइड लभ , निसानी , को हुँ म, देशले रगत मागे, लगायत फिचर फिल्ममा आफ्नो कला प्रस्तुत गरेर ख्याती कमाएका कलाकार हुन । मेगा टेलिभिजनबाट प्रसारण हुने कमेडी टेलिचलचित्र चुरिफुरी र हाम्रो जिन्दगीमा काम गरीसकेका हुन ।
रेडियो नेपालको नाटक निर्देशन देखि लिएर सडक नाटकमा अभिनय गरिरहेका जयराम भन्छन् मेरो रगतमै कला छ । मेरो सपना बिपना सबै कुरा यहि क्षेत्र हो ।