सानाे हाम्राे पिरतीकाे ,घर बनाउनुछ ।
तिमी र म बस्ने सुन्दर, सहर बनाउनुछ ।

रहर छ मनमा एउटा, कहिले पुरा हाेला
बाबाकाे थर हटाई तिम्राे, थर बनाउनुछ ।

जाेडिएकाे दुईटा मुटु, मिलाएर सधैँ
जिन्दगीकाे एउटै हाम्राे, सफर बनाउनुछ ।

बचाएर राखाैँ चाेखाे,माया प्रेम हाम्राे
जाेगाएर जुगाैँ जुग, अमर बनाउनुछ ।

बिश्वासमा अडियाेस्,गलत नहाेस् प्रेम
मलाई तिम्राे -तिम्राे,मलाई भर बनाउनुछ।

 

************************—

चुहिने छ घरकाे छानाे, छाउँने कहिले होला ?
परदेशबाट दाजु घर ,अाउँने कहिले होला ?

खेत पनि बाँझाे रह्याे,बारी पनि बाझै छ
मेलापात गरि हामी, धाउँने कहिले होला ?

काँध माथी हलाे बाेकि, बुढा बाबा रुन्छन्
खुसि भई हर्षका गीत, गाउँने कहिले होला ?

गाउँमा बिरामी र लासहरु,उठाउँने हात छैनन्
उजाड भा’छ बस्ती मुक्ति,पाउँने कहिले होला ?

अाँशु लुकाई हाँस्न सक्छाै, एकतामा हामी
दुख-सुख बाँड्दै प्रिति, लाउँने कहिले होला ?

सारदा धिताल
तुलसिपुर दाङ
हाल अमेरीका -फिलाडल्फिया -पेन्सल्भेनिया