वरिष्ठ कलाकार केसाङ लामा नेपालको ख्यातिप्राप्त कलाकार हुन । उनी निरन्तर रूपमा प्रोफेसनल कलाको बहस गरिरहेका छ्न । उनकै पहलमा प्रोफेसनल आर्टिस्ट सोसाइटी समेत बनेको छ । यहि सोसाइटीले आज महर्शी स्कुल सामाखुसीमा भब्य कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ उपयोगी कलाकार जगत बहादुर तुम्बाहाम्फेलाई उपयोगी कला सम्मान २०७६ प्रधान गर्नका लागि गरिएको प्रोग्राममा दसै तिहार छठको शुभकामनादेखि कलाको बहससम्म भए ।
कार्यक्रममा प्रमुख अतिथि कलाकार लक्ष्मण बिक्रम बस्नेत रहेका थिए । यस्तै अन्य अतिथीहरुमा साहित्यकार रसुवाली कवि ; समाजसेवी श्री प्रसाद पण्डित ; कलाकार यादब बैरागी कलाकार किरण मगर आदि रहेका थिए । सभापति कलाकार शिव रानामगर थिए । प्रबिन मान श्रेष्ठ कार्यक्रम सहसम्योजक रहेका थिए । कलाकार केसाङ लामाले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य राख्दै रसुवाली कविले भने कुनै देश समृद्ध हुनको लागी त्यो देशको कला ; साहित्य र सस्कृती समृद्द हुन जरुरी हुन्छ । यसैले असल कलाकारलाई राष्ट्रको शोभा मानिन्छ ।
कार्यक्रमका बक्ता श्री प्रसाद पण्डितले हरेक क्षेत्रमा समस्या रहेकोले समस्यासग जुधेर अघि बढन जरुरी रहेकोमा जोड दिए । महर्सी स्कुलका प्राचार्यले कला क्षेत्रलाई बेवास्ता गर्ने रित रहेकोमा दुखेसो गरे । कार्यक्रम संचालक केसाङले प्रोफेसनल कलाकारहरुले पैसा कमाउनमा ध्यान दिदा प्रोफेसन कला क्षेत्र सङ्कटग्रस्त हुँदै गएको र एकदिन यस्तै स्थिति रहे यो क्षेत्रले डाइनोस्वरको स्थिति भोग्नुपर्नेमा सचेत गराए । प्रमुख अतिथि बस्नेतले सबै कलाकार एकजुट हुनुपर्ने बताए । सम्मानित ब्यतित्व जगतबाहादुर तुम्हाम्फेले आफुले जीवनमा जति दु:ख गरे पनि कलाकारलाई सम्मान गर्नेहरु कम नरहेकोमा दुखेसो गरे ।
यस्तै सम्भापती शिव रानामगरले सबै कलाकार एकजुट भए प्रोफेसनल कला क्षेत्र माथी उठनेमा जोड दिए । निर्धारित समयभन्दा अलि ढिलो सुरु भएको
कार्यक्रम रोचक भएको थियो । साथै छोटो समयमा सकिएको थियोे ।