धुर्ब बिक्रम मल्ल –

नेपालले अवसर पाएको १३औ साग खेलकुद प्रतियोगिता २०७६ साल मङ्सिर महिनामा नेपालमा हुने नाममा अब्यबस्थित तयारीले अहिले सम्म देशको राजधानीमा रहेको एक मात्र दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौँमा भिआईपी बस्ने पटिको प्याराफिट समेत बन्ने देखिदैन ।खेलकुद उद्धाटन र समापन गर्ने ठाउँको ब्यबस्थापनले आफ्नो देशले गर्व गर्ने परिचयले लज्जित हुनु पर्ने पक्का छ ।
विभिन्न खेलको खेलाडीहरु देशलाई पदक जित्न कतिको तयारी कसरि गर्दैछ हुदैछ यो हेर्दा झन् उदेक लाग्दो बनाएको छ । अहिले खेलको नाममा मन्त्रि र सदस्य सचिवलाई चिल्लो घस्दै आर्थिक आर्जन गर्नेको भिड तछाड मछाड छदै छ । हामीले गर्व गर्ने नेपाल र नेपालीको सन् खेल दिन प्रतिदिन पछाडी धकलिदै गएको प्रमाण त आईरहेको परिणाम र अब देखिने परिणामले छर्लंग भएको खेल क्षेत्रमा पोख्त महानुभावहरुले त देख्नु भएकै छ ।तर पनि अहिलेको शताब्दीको खेल नबुझ्ने भिड कागले कान लग्यो भनेर कागलाई पछि पछि खेद्ने भिड झन् हास्यापद बनेको देख्दा बिचरा टिस् लागेर आउछ, कस्तो कागको हुलमा काग नभनी कौवा भन्न पनि बाध्य परिदो रहेछ ।कठैबरा पुर्खाको पुस्ताले सम्मान साथ दिलाएको खेल ईतिहास कुन टोकरीमा फाल्दियो ।
दलालहरुको पनि ईमान्दारिता हुन्छ भन्नु झन् पटमुर्ख बन्नु मात्रै हो । खेल मार्फत आफ्नो देश र जनताले गर्व गर्ने अहिलेको शताब्दीलाई पद र कुर्चीको फुर्तिले तिलान्जली चडाईरहेको छ ।

अलिकति ध्यान यता दिदा पनि राहत हुन्थ्यो की ?

ईतिहास साँक्षी रहन्छ पद र कुर्चीमा पुग्न पाउने अवसरलाई सहि सदुपयोग गर्न खेलको नीति, नियम, विधिको अनुसरण मार्फत सम्बन्धित खेलको हुनु पर्ने पहिलो प्राथमिकता तालिम लिनु पर्ने इन्डोर र आउटडोर खेल केन्द्र / प्रतियोगिता खेल्ने खेलको नियम अनुसारको उपयुक्त स्थल साथ विश्व महासंघ / एशियन महासंघ र साउथ एशियन महासंघसंग समन्ययन गरि दक्ष प्रशिक्षक / निर्णायक / रेफ्री तयार गरि देशलाई अफिसियल खेल मार्फत स्वर्ण पदक दिलाउन सक्ने खेलाडीहरु तयार गर्नु पर्ने प्राथामिकतामा एकद्वार नीतिले तिम्रो कुर्ची र पदको सम्मान राख्ने छ l

अफिसियल खेल प्रतियोगिताहरु भन्दा बाहिर आमन्त्रित खेलहरुमा राज्यको दुकुटीबाट आफन्त आसेपासेलाई दुहुनो गाई बने जसरि बालुवामा पानी हाल्दा हराईरहने परिणामले वास्तविक खेलको बिकास वृद्धि उन्नति हुदैन l
यी आकस्मिक तयारी भनेको सम्बन्धित खेल संघ मार्फत विभिन्न संघ /सस्थाहरुसंग प्रायोजक गराई ब्यबस्थापन गर्ने पक्ष हुन्छ । संघ सस्थाको जसको परिणाम नेतृत्वले दिन सक्नु पर्छ अरुलाई देखाएर पन्छिने लाचारी पन तिनको मर्दलास समान हुन्छ ।
हावादारी गफ होइन देश र जनताले स्वर्ण पदकको परिणाम चाहेको छ । यो अवसरलाई सहि सदुपयोग गर्ने समयले कोल्टे फेर्यो नत्र तिम्रो जय गाउने थियो ।

(यो लेख बालाजु करातेे डो प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक धुर्ब बिक्रम मल्ल ज्यु को फेसबुकबाट साभार गरिएको हो।)