१३ औ आँशु कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न

प्रतियाेगितामा इडनबृज एकेडेमीकी सदीक्षा वाग्ले प्रथम

- चर्चित खबर सम्बाददाता

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार ०८:१६

काठमाडौं ।१५४ अाैँ  माेती जयन्तीकाे अवसर पारेर रिडर्स इन्टरनेशनल माेडेल स्कुलले १३ अाैँ  अाशु कविता लेखन तथा वाचन प्रतियाेगिता अायाेजना गरेका छ्न ।उक्त प्रतियाेगितामा इडनबृज एकेडेमीकी सदीक्षा वाग्ले प्रथम भएकी छिन् । त्यसैगरी इष्टपोल मा.वि. की रेकी डाँगी द्वितीय, विपुल शिक्षा निकेतनकी हिमा खतिवडा तृतीय तथा सुनाैलाे भविष्य स्कुलकी सृष्टि वास्ताकाेटी र गाेकर्णेश्वर लाइट एकेडेमीका कृष्ण ढकाल ले सान्त्वना पुरस्कार हासिल गरेका थिए । विजेताहरूले क्रमश: ३५००/-, ३०००/-, २५०० /-, १०००/- १००० /- नगद सहित पुरस्कार पाएका थिए । अान्तरिकतर्फ रिम्स कै युरिका खाती प्रथम भएकी थिइन् । उनले पनि १०००/-नगद प्राप्त गरेकी थिइन् ।
डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन  भएको  उक्त प्रतियाेगितामा गाेविन्द घिमिरे वेदमणि, बाजुराम पाैडेल, हेम प्रभास, बलराम दाहाल , जगन्नाथ अाचार्य, हेमन्त दहाल लगायतका साहित्यकारहरुकाे उपस्थिति थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्रकुमार सुवेदीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ३० विद्यालय सहभागी थिए । विद्यालयले विगत १३ वर्षदेखि निरन्तर कविता लेखन तथा वाचनको सिकाइ अभ्यास गराई प्रतियोगिता आयोजना गर्दै अाएकाे छ । उक्त कार्यक्रममा प्रबन्ध निर्देशक भुपाल कडरिया , प्रिन्सिपल बालमुकुन्द कार्की र इसानका अध्यक्ष राजकुमार श्रेष्ठले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सूर्य चापागाईंले मोतीराम भट्टद्वारा रचित “दुई आँखिभौँ तयार छन्” भन्ने गजललाई गाएर प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्वय भाेजराज दहाल र प्रजिता निराैलाबाट गरिएको थियो।

Facebook Comments
  • मुख्य