काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको भन्दा १४९ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा भएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो। गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब २० करोड नाफा गर्यो ।

गत आर्थिक वर्षमा प्राधिकरणले कमाएको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को भन्दा १४९ प्रतिशतले बढी हो।

यस्तै विद्युत चुहावट नियन्त्रणमा पनि प्राधिकरणले प्रगति हात पारेको छ। चुहावट १५ दशमलव ३२ प्रतिशत मा झरेको छ। यो अघिल्लो वर्ष भन्दा ५ दशमलव १३ प्रतिशतले कम हो। आव २०७४/७५ मा चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थियो।

यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ।

गत आर्थिक वर्षमा ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ। जसमा नेपाल विद्युत प्राधिकरणको उत्पादन २ अर्ब ५५ करोड, निजी क्षेत्रको उत्पादनबाट २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड किलोवाट आवर युनिट विद्युत आयात गरिएको छ। अहिलेसम्म ७८% अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ। यो संख्या गत वर्ष भन्दा १०% बढी हो।

आव ०७२/७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । नाफा बढ्दै गएको छ ।

कार्यकारी निर्देशक नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई १ अर्ब ५० करोड, दोस्रो वर्ष २ अर्ब ९० र तेस्रो वर्ष ७ अर्ब २० करोड रुपैयाँ खुद नाफामा लगेका हुन् । उनी २०७३को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले आज मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणको एक वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् । उनले विद्युत् चुहावट नियन्त्रण, प्रसारण तथा वितरण लाइनको निर्माण, वित्तीय सुधार लगायतमा प्राधिकरणको राम्रो प्रगति भएको बताए ।

प्राधिकरणका निर्देशक घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा इतिहासमै काम बनाउन सफल भएको बताए ।

कुलमान घिसिङले नेपाललाइ सदाका लागि लोडसेडिङ मात्र हटाइएनन, आज नेपाललाई बिजुली बिक्री गर्ने देशको श्रेणीमा पुर्याइदिए । इमानदार बनेर गरे हरेक काम सम्भव छ भन्ने कुलमान घिसिङले प्रमाणित गरिदिएका छ्न ।