काठमाडौं । गोकर्णेश्वर ८ बेंशीगाउमा संचालित रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स )कलेजले कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई लक्षित गरि अभिमुखीकरण एबम स्वागत  कार्यक्रम सम्पन्न गरेको छ। आइतबार रिम्स कलेजको   सभाहलमा भएको सो कार्यक्रममा रिम्स कलेजमा  कक्षा ११मा नया  भर्ना भएका करिब ४५ जना  विद्यार्थीहरुलाई लक्षित गरि उक्त  कार्यक्रम आयोजना  गरिएको थियो ।

उच्च शिक्षा अन्तर्गत व्यवस्थापन संकायको कक्षा ११ मा पठनपाठन  शुरु गरेको रिम्स कलेजले विद्यार्थीहरुका लागि ओरेन्टेसन कार्यक्रम आयोजना गरेको हो । सो कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिदैं कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृष्ट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा समेत जानकारी गराइएको थियो ।

रिम्स कलेजका अध्यक्ष झभिन्द्र

सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा कलेजका

प्रिन्सिपल   बाल मुकुन्द कार्की, भाइस प्रिन्सिपल धर्बेन्द्र चौधरी, रिम्स प्लस टु का कोर्डिनेटर भोज राज दाहाल , लर्ड बुद्द इन्स्टिच्युटका म्यानेजिंग डाइरेक्टर बिधान लिम्बु, इशानका महासचिब कुमार अधिकारी,बिभिन्न बिषयगत शिक्षक शिक्षिका कक्षा ११ मा नया भर्ना भएका बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो

कार्यक्रम संचालन रिम्स कलेजका म्यानेजिंग डाइरेक्टर भुपाल कडेरियाले गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै रिम्स प्लस टु कलेजका प्रिन्सिपल बाल मुकुन्द कार्कीले एस ई ई परिक्षा उत्तीर्ण भएर रिम्सलाइ माया गरि कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै स्थापना काल देखि उत्कृष्ट नतिजा ल्याउन सफल रिम्सले यसै  शैक्षिक सत्र देखि कक्षा ११ को व्यवस्थापन संकायको कक्षा सुरुवात गरेको बताए ।प्रीन्सिपल कार्कीले  नयाँ विद्यार्थीहरुलाई कलेजको अनुशासन, नियम आदीका विषयमा जानकारी गराउन कक्षा  सञ्चालनको पुर्व सन्ध्यामा  ओरेन्टेसन गरिएको बताए।

उनले उत्कृष्ट नतिजा ल्याउन सफल भए संगै अभिभावक र बिद्यार्थीको माग बमोजिम कक्षा ११ संचालन गरिएको जानकारी गराउदै  धेरैजसो विद्यालयमा कितावी ज्ञान मात्र दिने गरेको हुँदा किताव बाहेक बाहिरी ज्ञानमा पनि निर्देशित गर्ने नीति कलेजले लिएको बताए । उनले  गुणस्तरिय शिक्षा प्रदानका लागी रिम्सले कुनै पनि कुराको कमि हुन नदिने प्रतिबद्धता  समेत व्यक्त गरेका थिए।

श्रावण १३ गते देखि कलेजको नियमित कक्षा संचालन हुने भन्दै भर्ना हुन चहानेले कलेज प्रशासनमा सम्पर्क राख्न समेत उनले अनुरोध गरेका थिए।कार्यक्रम कक्षा ११ मा नया भर्ना भएकी बिद्यार्थीले समेत रिम्स नै किन भन्ने बिषयमा आफ्नो भनाइ राखेकी थिइन् ।कार्यक्रममा बिषयगत शिक्षकहरुले  शिक्षकहरुले कक्षा ११ मा पढ्नुपर्ने बिषयको बारेमा जानकारी गराउदै विद्यार्थी स्वयम् आफ्नो भविष्यको मालिक भएको र शिक्षक उनीहरुको पथप्रर्दशक भएको बताउदै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना दिएका थिए। उनिहरुले   बिद्यार्थीहरुको  जिज्ञासा पुरा गर्ने क्रममा शिक्षक कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दै कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै रिम्स कलेजका अध्यक्ष झभिन्द्र सुबेदीले एस ई ई उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई दिदै उज्ज्वल भबिष्यको कामना गरेका थिए।