अमेरिकामा नेपाली विद्यार्थी उत्कृष्ट 

- चर्चित खबर सम्बाददाता

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार ०७:५२

 

नेपाली मूलका एक विद्यार्थी, न्युयोर्क सिटीको हाइस्कुलस्तरीय इन्जिनियरिङ प्रतिस्पर्धामा अब्बल ठहरिएका छन्।

‘रिजिनल ब्रिज बिल्डिङ कन्टेस्ट’ नाम दिइएको इन्जिनियरिङ प्रतियोगितामा जीवन बाँस्तोला उत्कृष्ट भएका हुन्।

सुर्खेतमा जन्मिएका १९ वर्षीय बाँस्तोलाले बनाएको काठको पुलले प्रतिस्पर्धामा अन्य सहभागीको डिजाइनलाई उछिनेको हो।

‘रिजिनल ब्रिज बिल्ड्रि कन्टेस्ट’ खासगरी कलेज जान तयारी गरिरहेका हाइस्कुलका विद्यार्थीबीच हुने विज्ञान संकायको प्रतियोगिता हो।

यो समाचार दिनेशजंग शाहले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

Facebook Comments
  • मुख्य