काठमाडौं ।जापानमा भएको माउण्ट ताइसेत्सु ट्रेल जर्नीको उपाधि नेपाली चेली  हुमी बुढा मगरले जितेकी छिन् । ४० किलोमिटरको उक्त  दौड ५ घण्टा ३२ मिनेट २५ सेकेण्डमा दुरि पूरा गर्दै हुमी च्याम्पियन बनेकि हुन।

अघिल्लो वर्ष नोभेम्बरमा हङ्कङ्ममा भएको सम्मिट ट्रेल च्यालेञ्जको ५० किलोमिटर दौडको उपाधि जितेका कारण हुमिले जापानको दौडमा सहभागिता जनाउने मौका पाएकी थिइन् ।

नेपालको एयरपोर्ट अधिकारीहरुले रोकेपछि गत साउन पाँच दिन अघि नै जापान जानु पर्ने हुमी हिजोमात्र जापान पुगेकी थिइन् । जापान पुगेको दोस्रो दिन नै उनले सहभागिता जनाउनु परेको बताइएको छ ।