काठमाडौँ । राजधानीको नागार्जुनमा अवस्थित सभ्यता पाठशालामा ‘सभ्यता क्याडेट अस्गर जुनियर अन्तर विद्यालय कराँते प्रतियोगिता’ सम्पन्न भएको छ । बालाजु कराँते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको उक्त प्रतियोेगितामा ३ सय ५० जना खेलाडीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा सिद्धार्थ बनस्थली इन्सटीच्यूट प्रथम भएको छ । सो स्कुलले ६ स्वर्ण र ४ काश्य पदक जितेको छ । त्यस्तै ३ स्वर्ण, २ रजत र ३ काश्य पदक जित्दै मदर इन्टरनेशनल एकेडेमीले प्रतियोगिताको द्धितिय स्थान हाँसिल गरे । राजधानीकै ब्राइट हेभन बोर्डिङ हाई स्कुलले ३ स्वर्ण र एक रजत पदक जित्दैे तेस्रो स्थान हाँसिल गर्न सफल भयो ।

प्रतियोगितामा स्वीडेनका ८ नम्बर वरियताका (आठौ डान) गुरु अस्घर केश्वरदुस्तको विशेष अतिथित्यता रहेको थियो । सो प्रतियोगिता समेत उनकै नामबाट गरिएको थियो । प्रतियोगितामा नेपाली कराँते क्षेत्रको विकास र संरक्षणमा लागेका खेलाडी तथा विशेष ब्यक्तित्वहरुलाई सम्मान समेत प्रदान गएिको थियो ।

सम्मानित हुनेहरुमा नेपाल कराँते महासंघका प्रमुख प्रशिक्षक मदन कुमार उप्रेती,
गैरआबासीय नेपाली संघका केन्द्रिय सदस्य तथा पुर्व एनआरएन (मकाउ)का अध्यक्ष मुकेश कुमार बढुवाल रहेका छन् ।

आठौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक बिजेता खेलाडीहरु नविन रसाइली, अनुपमा मगर, एस्तर राई, राजीव पुडासैनी र विजय श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै नेपालका तर्फबाट अन्तराष्ट्रिय निर्णायकहरु छत्र बहादुर आले, दिनेश महत, श्याम सुनार, चित्र बहादुर राना, रामचन्द्र गुरुङ,रबि शाही र रामकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

एशियन गोजुरियो कराते महासंघका महासचिव -बलराम मित्र,गोजुरियो केन्वाकाईका प्रमुख प्रशिक्षक- विशन सिङ्ग खड्का, नेपालका पहिलो महिला अन्तराष्ट्रिय निर्णायक -मिन्म तामांग, समेत सम्मानित हुनु भएको थियो विद्यार्थीहरुलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा आकर्षित गराउन हरेक अबदेखि हरेक बर्ष यो प्रतियोगिता हुने सभ्यता पाठशालाका प्रधानाध्यापक ध्रुवकुमार देवले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका बालाजु कराँते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुव बिक्रम मल्लले प्रतिभावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरुमा अवसर दिलाउने प्रतिवद्धता ब्यक्त गरे । दियोपोस्ट बाट