काठमाडौँ / सस्थागत बिद्यालय संघ नेपाल इसानले विगत वर्षमा झैँ यस वर्ष पनि राष्ट्रिय स्तरको आठौ “इसान कप” फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यहि जेठ १० गते देखि आर्सनल खेल मैदान सुन्दरीजलमा शुरु हुने प्रतियोगितामा निजि तथा सामुदायिक विद्यालयका कक्षा १० सम्मका छात्र / छात्राहरुले सहभागिता जनाउन सक्ने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक इसानका सचिब तथा संयोजक बुद्द श्रेष्ठले जानकारी गराए। संयोजक श्रेष्ठले बिद्यार्थीहरु बीच आपासी भाइचारा कायम राख्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको समेत बताए ।

प्रतियोगिताबारे जानकारी गराउने क्रममा इसान अध्यक्ष राजकुमार श्रेष्ठले इसानले बिद्यार्थी भाइबहिनिहरुको क्षमता अभिबृद्दि गर्न यस्ता प्रतियोगिता आयोजना गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले बिजयी खेलाडीहरुलाई आकर्षक प्रथम,दित्तिय,तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिने समेत बताए । त्यस्तै इसानका बरिष्ठ उपाध्यक्ष भिम दर्लामी मगरले फिफा अन्तर्गत नै खेल संचालन हुने जानकारी गराए । कार्यक्रममा बोल्दै इसानका निबर्तमान अध्यक्ष बाल मुकुन्द कार्कीले छोरालाई मात्र नभई छोरीलाई समेत फुटबल खेलमा अभिप्रेरित गराउन यस्ता प्रतियोगिता फलदायी हुने बताए।स्मरण रहोस गत सातौ इसान कपको उपाधि छात्र तर्फ कान्ति भैरब मा बि र छात्रा तर्फ एकता जेम्स इङ्ग्लिस स्कुलले हात पारेका थिए। प्रतियोगिता  जेठको १८ गतेसम्म चल्ने छ ।