काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा सहयोग गर्न सबैमाआग्रह गरेका छन्।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको २६ औं स्थापना  वर्षका अवसरमा मंगलबार काठमाडौंको चुच्चेपाटीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्धिको साझा यात्रामा सहभागी भएर मुलुकलाई अघि बढाउनुपर्ने बताएका थिए।उनले वर्तमान सरकारकै पालामा मुलुक समृद्ध बन्ने बताए।

सरकारको आलोचना गर्न खर्चने समय मुलुकको निर्माणमा लगाउन पनि उनले सुझाव दिए। प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्र समृद्धिको मुख्य आधार भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए।

पासाङ ल्हामु देशकै प्रतिष्ठा भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। कार्यक्रममा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मानसमेत गरिएको थियो।पर्वतारोही पासाङ ल्हामुको सम्झनामा प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।