काठमाडौं। ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् । प्रहरीले उनलाई १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरिय प्रहरी परिसर काठमाडौंले उनलाई भीमसेनगोलाबाट पक्राउ गरेको छ । समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।बस्नेतमाथि वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ ।

करिव १२ हजार व्यक्तिको पैसा खाएको र सहरकारी डुवाएको आरोप उनीमाथि छ । पीडितले उनको सम्पति बेचेर आफूहरुको समस्या समाधान गरिदिन आग्रह गर्दै आएका छन् । यो समस्या समाधान गर्न सरकारले एउटा समिति समेत बनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका बस्नेतमाथि संगठित अपराध र ठगीको मुद्दा चलाइनेछ । उनलाई प्रहरीले लामो समयदेखि खोजी रहेको थियो ।