९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।
लगानीका लागि तीन बैंकले सतलज कम्पनीसँग प्रतिवद्धता गरेका हुन् ।
नेपाल सरकार सतलजबीच सन् २०१४ मा आयोजना विकास सम्झौता भएको थियो।
यसअघि सन् २०१६ को नोभेम्बरसम्म आयोजनाको लगानी जुटाइसक्ने सम्झौता भएपनि सतलजले एक वर्ष समय थप्न आग्रह गरेको थियो। सतलजको आग्रहपछि लगानी बोर्डले सन् २०१७ नोभेम्बरसम्म ‘फाइनान्सियल क्लोजर’का लागि समय थपेको थियो।
निर्माण भएको सुरु भएको पाँच वर्षभित्र आयोजना बनाइसक्ने सम्झौता छ।
विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना चालु हालतमा नेपाल सरकारले हस्तान्तरण गर्नुपर्नेछ।यो खबर आजको सेतोपाटी अनलाइनमा छ।