काठमाडौँ / नेपाली कफीलाई बिस्वसामु पुर्याउने उद्देस्यका साथ् सगरमाथाको सफल आरोहण गरेकी बारिस्ता दाबुटी शेर्पा सम्मानित भएकी छन ।राजधानीको होटल अन्नपुर्णमा आयोजित एक कार्यक्रममा उनलाई पूर्व मन्त्रि आनन्द प्रसाद पोख्रेल , पूर्व सभासद आङ्गदावा शेर्पा ,शेर्पा संघका अध्यक्ष ए.डी. लामा शेर्पा ,शेर्पा महिला संघकी अध्यक्ष ङ्गिमि शेर्पा लगायतद्वारा सम्मान गरिएको हो।सम्मान कार्यक्रम मा बोल्दै पूर्व सभासद आङ्गदावा शेर्पाले कृतिमानी दाबुटी शेर्पाले कृषिका साथै पर्यटन प्रबर्दनमा उल्लेखीय भूमिका निभाएको भन्दै सरकारले हिमाल आरोहीहरुको लागि सहज बातावरण बनाउन र उनीहरुलाई पर्यटन क्षेत्रमा स्थान दिन आग्रह गरे।

त्यस्तै आदिबासी नेता आङ्गकाजि शेर्पाले हिमाल आरोहीहरुको बाल बच्चाको उचित शिक्षा दिक्षामा सरकारले ध्यान दिन आग्रह गरे।नेता शेर्पाले तिलगंगामा अबस्थित बाबुछिरीको सालिक नभत्काउन समेत सरकारलाई चेतावानी दिए।अर्का बक्ता शेर्पा महिला संघकि अध्यक्ष ङ्गिमि शेर्पाले आफु पनि हिमाल आरोहण क्षेत्रमै हुर्किएको भन्दै हिमाल आरोही शेर्पाहरुलाई स्वदेशमै ससम्मान बस्न दिनुपर्ने र विदेश पलायन हुन बाध्य नबनाउन आग्रह गरिन । उनले महिलाहरुलाई अझै ३३ % अधिकार नदिएको आरोप लगाए। त्यस्तै शेर्पा संघका अध्यक्ष ए.डी. लामा शेर्पाले बिदेसिरहेका युवाहरुको हुलमा कृषि क्षेत्रमै नेपालमा केहि गर्न सकिन्छ भनेर जसरी दाबुटी शेर्पाले सगरमाथाको सफल आरोहण गरिन यसबाट नेपाली युवाहरुले सिक्नु परने बताए।सम्मान कार्यक्रममा अधिकांस बक्ताहरुले सगरमाथा आरोहण अमेरिका लगायत युरोपिएन मुलुक पस्ने माध्यम नबनाउन आग्रह गरेका थिए।