काठमाडौं ।नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय  सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन। क्षेत्रीय अधिवेसनमा  चालिसेले २०५ मत पाएका थिए।

विपी संग्रहालय सुन्दरीजलमा भएको निर्वाचनमा ३६६ मत खसेको थियो जसमा चालिसेका प्रतिस्पर्धी काठमाण्डौ महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले १५९ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को सचिवमा दिपक रिसाल र भुवन लामा निर्वाचित भएका छन। सो अधिवेसनमा रिसालले २१३ र लामाले १८५ मत पाएका छन् ।