काठमाडौं । बौद्ध धर्मगुरु सूर्य कुमार घिसिङ अर्थात सूर्य बज्रयानाद्वारा लिखित ‘बौद्ध दर्शनको संक्षिप्त चर्चा’ नामको पुस्तक प्रकाशन भएको छ ।   सूर्य बज्रयानाकै नामबाट  चिनिने उनी बौद्ध दर्शनका चर्चित गुरु रहेका छन् । उनी आफूलाई बौद्ध दर्शन भित्रको बज्रयाना सम्प्रदायको बताउँछन् ।

उनका बौद्ध दर्शन तथा समसामयिक विषयका लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियाहरुमा बारम्बार आउने गर्दछन् । बुद्धका दर्शनमा रहेका शिक्षाहरुलाई धार्मिक रुपमा ग्रहण गर्ने विभिन्न सप्रदायहरु महायान, हिनयान र बज्रयानमध्ये बज्रयान सम्प्रदायका गुरु रहेका उनको पुस्तक  ‘बौद्ध दर्शनको संक्षिप्त चर्चा’ भने पहिलो संग्रहका रुपमा प्रकासित सिर्जना रहेको छ ।