साँचिकै कलाकार बन्नको निम्ति कस्तो खुबी हुनु जरुरी छ ?
धन सम्पती? पहाड थर्काउने ठूलो आवाज? घमण्ड ? विभिन्न क्यारिकेचर गरेर हसाउँन सक्ने? होइन यो सब भ्रम हो ।
एक कुशल कलाकार बन्न त निडरपन हुनुपर्छ आत्मबिश्वास ,निरन्तर कला क्षत्रमा लगाब , स्ट्रगल र आफू भित्र भएको कलालाई दर्सकसामु सभ्य तरिकाले दर्साउन सक्नुपर्छ। जस्को उदाहरण नेपाली वेब सिरिज साने हेरेर त्यस भित्र कलाकारहरुको बेजोड प्रस्तुतिबाट लिन सकिन्छ ।

हो हामी कुरा गर्दै छौँ सानेको ।
उक्त सिरिजको कथा /निर्देशन / सम्पादन सुरज घिमिरे (साने ) ले गर्नु भएको छ भने छायांकन ध्रुब पौडेल (भावुक कान्छा ) ले गर्नु भएको छ ।
उक्त सिरिजमा सुरज घिमिरे ,ध्रुब पौडेल ,कमला गैरे ,सेषकान्त ढकाल,गोपाल खनाल ,भावना लम्साल ,अर्मन शाही ,सम्झना ढकाल ,अन्जु रसाइली लगायत कलाकारहरुको बेजोड प्रस्तुति देख्न सकिन्छ ।
यस सिरिजले हाम्रो समाजमा भैरहेको रुढीबादी परम्परा जुन युगौँदेखी चल्दै आइरहेको र अहिले पनि उत्तिकै रहेकोले यस्ता परम्परालाई जरै देखि उखाल्नु पर्छ भन्ने सन्देश दिन खोजेको छ ।
कुवाको भ्यागुतो कुवामै भने झैँ सानो जातिको मानिसलाइ हाम्रो समाजले कहिल्यै माथि उठन नसकेको ,गरिब निमुखाहरु सधैं पछि परेको कुराहरुलाइ दर्साइएको छ ।
साने सिरिजका निर्देशन तथा कलाकार सुरज भन्छन -`छोटो समयमै हामिले यति धेरै दर्शकको माया पाएका छौँ । प्यारा दर्शकहरुको मायाले नै आज हामीलाई अघि बढन हौसला मिलेको छ । आगामी दिनहरुमा पनि यसैगरी माया मिलिरहने छ भन्ने आशा छ । ´