सिन्धुली । सिन्धुलीकी युवा साहित्यकार साबित्रा उमारा बैबाहिक बन्धनमा बाधिएकी छिन् ।यहि मङ्सिर ५ गते सामाजिक परम्परा अनुसार साबित्राको  सुनकोसी ३ कालिमाटीका युवा ब्यबसायी विशाल श्रेष्ठ संग बिबाह भएको हो।बैबाहिक कार्यक्रममा उनलाई कन्यादान दिन उनका भावनात्मक सम्बन्ध रहेका दाइ समाजसेवी  एसिड आक्रमण बिरुद्धका अभियान्त उज्ज्वल बिक्रम थापा सहभागी भएका थिए।उनै थापाले साबित्रालाई कन्यादान दिएर बिदाइ गरेका थिए। अन्तरजातीय बिबाह गरेकी उनको बैबाहिक कार्यक्रममा उनका इष्टमित्र, आफन्त समेत सहभागी भएका थिएनन् ।साहित्यकार उमाराकी घरमा आमा र भाइ बुहारी छन् । उनको बुबा लामो समयदेखी परिवारको सम्पर्कमा आएका छैनन् । साहित्यकार उमाराले माइती घर छाड्नु जस्तो अरु पीडा नहुने भन्दै पराइ घरमा गए पनि आफ्नी एक्लि आमाको सधै ख्याल राख्ने बताइन् । उमाराको जीवन याथार्थ मार्मिक गजलहरु आम पाठकहरुले रुचाएका छन् ।उनै उमाराको गजल एक थान

लेख्दैछु मसङै मेरो नैरास्य जिबनको कथा लेख्दैछु
अनि जिबनमा घटेका र घट्दै गरेका घटना लेख्दैछु

भोलि भएछ भने सु:ख लेखौला खुशिहरु लेखौला
आज भएको यहि दर्द लेख्दैछु दु:ख पीडा लेख्दैछु

अभाबद्वारा मारिएका अनि मारिन बाकी नै रहेका
ती अपुरा-अधुरा रहेका हजारौ रहर इच्छा लेख्दैछु

लेखिदै गरेका केही भाबहरु केही कोमल शब्दहरु
बा”को यादमा लेख्दैछु बा”को सम्झनामा लेख्दैछु