पछिल्लो समय न्यायलय बिवादमा छ । न्याय इतिहासमै यो खालको यो खालको विवादले समाजमा तरङ्ग ल्याएको छ । रामदेव काठमाडौंमा आएर जिपलाइन चढिसके , उनलाई प्रचण्डले क्रान्तिकारी घोषणा गरिसके । बाम पार्टीहरुको एकता अधिबेशनहरु चलिरहेका छ्न । र पनि तङ्ग्रीने छाटकाटमा छैन न्यायलय ।
जब न्याय संयन्त्र राजनीतिको चुकुलमा फस्छ । तब न्यायपालिकाले सकस खेप्नुपरेको इतिहास हामी समक्ष साक्षी छ । बिगतमा पनि न्याय क्षेत्र बिवादमा नआएको होइन ।बिगतको भन्दा पृथक छ अहिलेको विवाद । जस्ले न्याय पालिकाको गरिमामाथी प्रश्नहरु जन्माइदिएको छ ।
केही समय अगाडि नेपाल बारमा दुई वकिलको कुस्ती पर्यो । हानहान मात्र होइन ज्यानै लिन सक्नेगरि भएको उक्त फाइटलाई सामाजिक संजालमा बिद्रुपको दृश्यको रूपमा प्रस्तुत गरियो । न्याय दिने वकिल नै असुरक्षित भएको देशमा को चाहि सुरक्षीत होला भन्ने खालका बहसहरु भयो । बारमा भएको यो वकिल कुस्ती , आजको न्यायलय विवादलाई हेर्दा जनतामा अनेकौं प्रश्न छ । जनता स्पष्टता खोजीरहेका छ्न ।

न्याय अन्धो ( माफ गर्नुस आँखा नदेख्ने शारीरिक अपाङ्ग पनि भन्न सकिन्छ ) हुन्छ भनिन्छ । यसैले त आँखा छोपिएको नारीको तस्वीरलाई न्याय क्षेत्रमा प्रतीकको रूपमा प्रयोग गरिएको हुन्छ ।यसको अर्थ समानतामा आधारित न्याय भन्ने हो । न्यायलाइ आम जनताले यस्तै भावमा देख्न चाहन्छन । न्याय क्षेत्र विवादरहित होस भन्ने आम जनताको चाहना हो।
न्याय क्षेत्रलाई अन्य हस्तक्षेप बन्द गरौं । आज जनता यहि चाहन्छन। जनताको भावनालाई सम्मान गरौं ।